स्टक क्लियरेन्स मेला सुरु, एकै छानामुनि उपभोग्य सामग्री पाइने
काठमाडौं । चैते दशैँको अवसर पारेर बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । एक कार्यक्रमका बीच बुधबार बिहान भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मेलाको सुरुवात गरिएको हो । सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्ने गरी मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
इभेन्ट सोलुसन प्रालिले आयोजना गरेको मेलामा ५० भन्दा बढी स्टलमा दैनिक उपभोग्य सामग्रीका साथै वस्तु तथा सेवा उपलब्ध हुने इभेण्ट सोलुसनका प्रबन्धनिर्देशक विजय सागर प्रधानले बताए । ‘दशैँको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा चैते दशैँका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्यान्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता छ । विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्सलगायत सामग्रीका सयभन्दा बढी स्टलहरु छन् ।
चैत २७ गते चैते दशैँका दिनसम्म सञ्चालन हुने मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ । ‘सपिङ गर्न उपभोक्ताहरु बजारमा धेरै भौँतारिनुपर्ने अवस्था नहोस् भन्न एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गर्न लागेका हौँ’, इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले भने ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया