Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिद्धार्थ हस्पिटालिटीसँग होटल वाटर टावरको व्यवस्थापकीय साझेदारी

सिद्धार्थ हस्पिटालिटीसँग होटल वाटर टावरको व्यवस्थापकीय साझेदारी


काठमाडौं । नुवाकोटस्थित विदुर–४, बटारमा रहेको होटल वाटर टावरले सिद्धार्थ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारी गरेको छ । सिद्धार्थ ग्रुपले होटल वाटर टावरमा व्यवस्थापकीय साझेदारीसहित सेवा विस्तार गरेको हो । उक्त साझेदारीपछि होटल वाटर टावर २०७९ वैशाख १ गतेदेखि सिद्धार्थ होटल वाटर टावरको नामबाट सञ्चालन हुने होटल सञ्चालक ध्रुव प्रसाद रिमालले जानकारी दिए । नुवाकोटलगायत बागमती प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यसाथ सिद्धार्थ गु्रपले आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ ।

होटल सञ्चालक रिमालका अनुसार यस होटल वाटर टावरमा ३३ वटा अत्याधुनिक सुविधायुक्त कोठा, विभिन्न प्रकारका सेमिनार, गोष्ठी र तालिमका लागि हल, रेष्टुरेन्ट तथा बारलगायतका सुविधाहरु छन् । यस होटलले चाँडै पाँँच सयभन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थ क्लब, पारिवारिक वातावरणसहितको फाइनडाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुमलगायतका संरचनाको निमार्ण गरी थप स्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

२०७३ साल जेठ महिनादेखि सञ्चालनमा आएको उक्त होटलले नुवाकोटको भ्रमणमा आउने पर्यटकहरुलाई स्तरीय सेवा दिँदै आएको छ । नुवाकोटमा साततले दरबार, भैरवी मन्दिर, जाल्पादेवी मन्दिर, छिमतेश्वर महादेव, डुपचेश्वर महादेव, वनदेवी मन्दिर, पञ्चकन्या मन्दिर, कालिका मालिका मन्दिर, वेत्रावती (उत्तरगया धाम), पृथ्वी नारायण शाहको शालिक तथा समाधिस्थल देवीघाट एंव त्रिशूली जलविद्युत्को ड्यामसाइड लगायतका स्थानहरु छन् ।

होटेल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूटजस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले कैलालीको टीकापुर, कर्णालीको चिसापानी, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, झापाको बिर्तामोड, कपिलवस्तुको चन्द्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, बौद्धलगायतका स्थानहरुमा २९ शाखामार्फत गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे छ । सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारीमा छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x