मेरिना इम्पेक्सको ४०औँ वार्षिकोत्सव
काठमाडौं । सर्टिङ सुटिङ र टेलरिङमा आफ्नो छुट्टै पहिचान बनाएको मेरिना इम्पेक्सले ४०औँ वर्षगाँठ मनाएको छ । विगत ४० वर्षदेखि यस क्षेत्रमा नौलो पहिचान बनाएको इम्पेक्सले आफ्ना ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
मेरिना इम्पेक्सले समय समयमा आफ्ना ग्राहकका लागि विभिन्न योजना तथा अफरहरू समेत सार्वजनिक गर्नेगरेको छ । ग्राहककै सुविधा र स्वास्थ्यलाई मध्यनजर गर्दै इम्पेक्सले महामारीको समयमा पनि होम सर्भिसमार्फत आफ्नो कामलाई निरन्तरता दिएको थियो ।
वर्षगाँठको अवसरमा इम्पेक्सका निर्देशक अर्जुन बस्नेतले आफूहरू सदैव ग्राहकको सुविधाका लागि अग्रसर रहेको जनाउँदै आउँदो दिनहरूमा समेत इम्पेक्सले ग्राहकका लागि विभिन्न सेवा सुविधा र अफरलगायतका कार्यक्रम तयार पारेको बताए । इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया