भायानेटले मिदास ई—क्लाससँग सहकार्य गर्ने
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास ई–क्लाससँग साझेदारी गरेको छ । यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास ई–क्लास एक महिना निःशुल्क चलाउन पाउने भएका छन् ।
नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास ई–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइटमार्फत प्रयोग गर्न सकिन्छ । विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू र विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू रहेको यो सेवाले अनलाइन सिकाइलाई अझ सहज र रमाइलो बनाउने जनाइएको छ ।
मिदास ई–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि फलामे ढोका मानिने एसईई नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ । भायानेटले २०७९ वैशाखसम्म आफ्ना ग्राहकहरूलाई मिदास ई–क्लास निःशुल्क चलाउन दिने जनाएको छ ।
भायानेटका ग्राहकहरूले आफ्ना भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एपमार्फत लगइन गरी मिदास ई–क्लास दाबी गर्नुपर्नेछ । उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायानेटले आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका संस्थाहरूसँग साझेदारी गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया