इन्फिनिक्सको स्मार्ट ६ नेपाली बजारमा
काठमाडौं । नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्राण्डको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी सारथि इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन लन्च गरेको छ । चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको हो ।
कम्पनीले नेपाली उपभोक्ताहरुको रुचि र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको जनाएको छ । यो स्मार्टफोनमा ६.६ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले राखेको छ । जसमा ५०० निट्सको ब्राइटनेस रहेको छ । विशेषगरी लामो समयसम्म अनलाइन कक्षा वा गेम खेल्न चाहनेहरुका लागि ध्यानमा राखेर इन्फिनिक्सले स्मार्ट ६ फोनमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री प्याक दिएको छ । कम्पनीले स्मार्ट ६ मोडलमा ८ मेगापिक्सलको ड्युल रियर क्यामरा सेटअपका साथमा फिंगरप्रिन्ट तथा फेस अनलकको सुविधा दिएको छ । त्यसैगरी सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा भिडियो कलका लागि फ्रन्ट फ्ल्यासलाइट समेत छ ।
एन्ड्रोयड ११ मा आधारित एक्सओएस ७.६ मा सञ्चालन हुने यो स्मार्टफोनमा मिडियाटेक अक्टाकोर १.६ गिगाहर्ज एमटीके हेलियो ए२२ चिपसेट राखिएको छ । यसबाहेक कनेक्टिभिटीको लागि फोनमा फोरजी, वाईफाई, जीपीएस, ब्लूटूथ ५.० भर्सन, यूएसबी र ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ । नेपाली बजारमा इन्फिनिक्स स्मार्ट ६ दुई जीबी -याम र ३२ जीबी स्टोरेज अप्सनका साथमा उपलब्ध हुनेछ भने यसको बजार मूल्य १२ हजार चार सय ९० रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया