खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता
काठमाडौं । नेपालमा पहिलोपटक वर्ल्डलिंकका प्रयोगकर्ताहरुले खल्तीमार्फत आफ्नो बिल भुक्तानी गर्दा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउने भएका छन् । छ लाख ५० हजार वल्र्डलिंक प्रयोगकर्ताको घरपरिवारहरुलाई डिजिटल नेपालतर्फ सशक्त बनाइउन कम्पनीले खल्तीसँग साझेदारी गरेको जनाएको छ ।
भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको, खल्तीले आन्तरिक राजस्व विभाग (आईआरडी) र वल्र्डलिंकसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ । वल्र्डलिंक र खल्ती दुवै मिली नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्ने काम गरिरहेको बताइएको छ । १० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५ प्रतिशत तथा थप एक सय रुपैयाँ क्यासब्याक प्रोमो कोड प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १० प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपालतर्फ वर्ल्डलिंकका ग्राहकलाई सजिलै प्रत्यक्ष फाइदा पु-याउने कम्पनीले जनाएको छ । उपभोक्ताहरुले भ्याट रकमको चार्ज गरिएकोे १३ प्रतिशत भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउनेछन् । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता वर्गको हुनुपर्नेछ । साथै वल्र्डलिंक जडान पनि उपभोक्ता वर्गको हुनुपर्नेछ । अर्थात् यो सुविधा व्यावसायिक कार्य प्रयोजनको लागि दिइनेछैन ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया