बाथरूम प्रोडक्ट्स रोकाको ८ वटा नयाँ शोरुम
काठमाडौं । रोका बाथरूम प्रोडक्ट्स प्रालिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन नेपालमा आठवटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालका प्रमुख सहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ शोरुमको विस्तार गरेको हो ।
कम्पनीका प्रबन्धनिर्देशक केई रंगनाथनको नेपाल भ्रमणको अवसर पारी कम्पनीले आठवटा नयाँ शोरुम, पाँचवटा ब्रान्ड प्यारिवेयर र तीनवटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो । ब्रान्ड प्यारिवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २० प्रतिशतको बजार हिस्सा पाएको छ । विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका एक सय ८० भन्दा बढी देशहरूमा अवस्थित छ । कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् ।
शोरुमको शुभारम्भको अवसरमा प्रबन्धनिर्देशक केई रंगनाथनले बजारमा लगानी, नयाँ उत्पादन र गुणस्तरीयतामा केन्द्रित भएर कम्पनीको बलियो उपस्थितिलाई निरन्तरता दिने महत्वाकांक्षी योजना रहेको बताए । रोका विश्वको सबैभन्दा ठूलो बाथरुम उत्पादन गर्ने कम्पनी भएकोले ग्राहकहरुका लागि कम्पनीको उत्पादनहरुले सन्तुष्ट दिने उनले विश्वास गरे । कम्पनीका नेपालमा एक सयभन्दा बढी आउटलेटहरू छन् । यस्तै १५ भन्दा बढी हाई एन्ड शोरुमहरू छन् । हाल, रोका प्यारिवेयरले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनाहरूमा सक्रिय रूपमा काम गरिरहेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया