सामसङ इलेक्ट्रोनिक्स ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ वटा अवार्ड जित्न सफल भएको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिडिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्स टेलिभिजन, स्मार्टफोन र अन्य घरेलु उपकरणलगायत विषयमा यी अवार्ड हात पार्न सफल भएको हो ।
जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आईएफ)मा उसले विभिन्न नौवटा विधामा ती अवार्ड हात पारेको हो । त्यसमध्ये पोर्टेबल स्क्रिन द फ्रिस्टाइल, मोबाइल फोन ग्यालेक्सी जेड फ्लिप ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो । प्रतियोगितामा सामसङका ५५ देशका ११ हजार सबमिसन मध्येबाट ती अवार्ड हाल परेको हो ।
डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, व्यावसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरुमा भिन्नता र प्रभावको व्यापक मूल्यांकन थिए । त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरुलाई नवीन प्रविधिहरुसँग जोड्नु महत्वपूर्ण भएको बताए । उनले भने, ‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ जसले ग्राहकहरुको विभिन्न मागहरु पूरा गर्दछ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया