पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभूषित
काठमाडौं । पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठ सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित भएका छन् । नेपालको उद्योग तथा व्यावसायिक क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै आएका श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उक्त पदकबाट विभूषित गरेकी हुन् ।
नेपाल सरकारको निर्णयअनुसार संविधान दिवसको अवसरमा नेपाली उद्योग तथा व्यावसायिक क्षेत्रबाट आमजनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पु-याएबापत कदर र सम्मानस्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरिएको हो । राष्ट्रपति कार्यालयले वैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जनसेवाश्री राज्यले दिने उत्कृष्ट पदकमध्येको एक हो । ५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यावसायिक घराना पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्यांकीलगायत निर्माण सामग्रीको उत्पादन तथा इन्स्योरेन्स, हाइड्रोपावर, बैंकिङ क्षेत्रमा समेत लगानी गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया