दरबारमार्गमा खुल्यो ‘दरबार सिनेम्याक्स’
काठमाडौं । नयाँ वर्ष ०७९ को अवसर पारेर बिहीबारदेखि दरबारमार्गस्थित दरबारमलमा अत्याधुनिक सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल ‘दरबार सिनेम्याक्स’ सञ्चालनमा आएको छ । विगत अढाइ दशकदेखि ग्वार्काेमा गुण सिनेमा हल सञ्चालन गरिरहेको गुण ग्रुपकै स्वामित्वको ‘दरबार सिनेम्याक्स’को व्यवस्थापन भने क्युएफएक्सले गरेको छ ।
५० र ५३ सिट क्षमताका दुईवटा हलमा अत्याधुनिक प्रविधिका साउन्ड सिस्टम, फोल्डिङ सिट र स्क्रिन जडित छन् । ‘दरबार सिनेम्याक्स’ का प्रबन्धनिर्देशक दीप्रश शाक्यले दर्शकले हलमा आफ्नो इच्छा अनुसार सिट फोल्ड गरेर फिल्म हेर्न पाउनुका साथै अर्डरअनुसार सिटमै खाना तथा बार सेवा समेत उपलब्ध रहेको जानकारी दिएका छन् ।
गुण ग्रुपका प्रमुख राजेन्द्र (दिजेन्द्र) शाक्य, प्रबन्धनिर्देशक दीप्रशलगायत शाक्य परिवारले पूजाआजा गरी हलको शुभारम्भ गरेका थिए । प्रबन्धनिर्देशक शाक्यले दर्शकको रुचि, सुरक्षा, गुणस्तरीय प्रविधि र सुविधालाई ध्यानमा राख्दै लक्जरियस हल सञ्चालनमा ल्याइएको बताए । ‘ए मेरो हजुर–४’ र ‘केजीएफ–२’ बाट औपचारिक प्रदर्शन थालिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया