Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल टेलिकमको स्प्रिङ अफर

नेपाल टेलिकमको स्प्रिङ अफर


काठमाडौं । नेपाल टेलिकमले सबै सेवाप्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अलटाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर उपलब्ध गराउने भएको छ ।

सोमबारदेखि उपलब्ध हुने यस अफरमा कम्पनीले पाँच सय ९९ देखि एक हजार चार सय ९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ । अबदेखि नौ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवाप्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिनेछ । यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा तथा प्याक अवधिमा चार सयवटा र एक हजारवटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

स्प्रिङ अफरअन्तर्गत ग्राहकहरुको मागअनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएका छन् । सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । ग्राहकहरुको रुचिअनुसारका केही प्याकहरुको मूल्य अझै कम गरिएको छ ।

कम्पनीका नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५ सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २ सय ६५ रुपैयाँमा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५ सय ५० रुपैयाँमा उपलब्ध हुनेछ । यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरु उपलब्ध हुनेछन् । स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याक्स डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x