दरबारमार्ग महोत्सवले आन्तरिक पर्यटनलाई ऊर्जा दिन सफल भएको निजी क्षेत्रको विश्वास
काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा शनिबार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको १५औँ दरबारमार्ग महोत्सवले आन्तरिक पर्यटनलाई ऊर्जा दिन सफल भएको निजी क्षेत्रले विश्वास गरेका छन् । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरबारमार्ग महोत्सवले नेपाल अब विस्तारै उठ्दै छ भन्ने सन्देश दिन सफल भएको आयोजकको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, एनसेललगायतका निजी क्षेत्रको सहकार्यमा भएको यस महोत्सवले कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आमसर्वसाधारणलाई महोत्सवले घरबाहिर आउन ठूलो ऊर्जा दिएको बताइएको छ । महोत्सवमा कलाकारहरूले प्रस्तुति दिनथालेपछि माहोल निकै मनोरञ्जनात्मक भएको थियो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरेका थिए । देशका ९० प्रतिशत बढी जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास लिएको अध्यक्ष गोल्छाले बताए ।
सहकार्य : ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ मूलनाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको थियो । महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विशेष सहकार्यमा यो महोत्सव आयोजना गरेको हो ।
महामारीले अर्थतन्त्रलाई शिथिल पारेको बेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यवसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए । महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले साना ठूला सबै उद्यम व्यवसायलाई यस्ता कार्यक्रमले ऊर्जा प्रदान गर्ने बताइन् । रेवानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र बाह्य पर्यटन पुनरूत्थानमा सहयोग गर्न सकियोस् भनेर महोत्सव आयोजना गरिएको जानकारी दिए ।
गीतसंगीत, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरुसहित महोत्सव शनिबार बेलुका ८ः१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गरेका थिए । चर्चित गायकगायिका, कलाकार तथा सांगीतिक समूहहरूको प्रस्तुति, नेपाली खाना र उत्पादनहरुको विशेष प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो ।
महोत्सवमा दिपक बज्राचार्य एण्ड रिदम ब्यान्ड, कबवेब, समृद्धि राई विथ ब्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य कलाकार तथा समूहहरु एभरेष्ट क्रु, महेश काफ्ले र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिँदै आगन्तुकहरुलाई गीतसंगीतले मनोरञ्जन दिएका थिए । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुति थियो ।
यस्तै महोत्सवलाई सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक एनसेल, सहप्रायोजक गोरखा ब्रुअरी, रोयल स्ट्यागसहित अन्य सहयोगी संस्थाहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । त्यसैगरी महोत्सवको बैंकिङ पार्टनर एनआईसी एसिया बैंक, इन्सुरेन्स पाटर्नर नेशनल लाइफ इन्सुरेन्स, बेभरेज पाटर्नर डाबर नेपाल, अन्य सहयोगी पाटर्नरहरू नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केबलकार, केएफसी, पिजा हट, फोन पे, एन्डिज आइसक्रिम, नेपाल डेरीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामग्रीहरु पनि प्रदर्शनीमा राखिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया