शाओमीको नोटबुक सिरिज र रेड्मी बुक सिरिज नेपाली बजारमा
काठमाडौं । शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मी बुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूको उत्पादकत्व बढाउन समर्पित, अतुलनीय स्पिड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको छ ।
आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको यो रेड्मी बुक सिरिजमा १५.६ इन्च एफएचडी डिस्प्ले, ११औँ जेन इन्टेल आर कोर टीएम प्रोसेसर, ६ जीबी डीडीआर४ ३२०० मेगाहर्ज -याम रहेको छ । यसले मल्टिटास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेसनहरू साथ लगातार ११ घण्टासम्मको ब्याट्री ब्याकअप प्रधान गर्दछ । शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर, अमित कुमार पण्डाले कम्पनीले फोन–प्लस स्ट्राटेजीमा ध्यान केन्द्रित गरेको र अन्य इलेक्ट्रोनिक्स उत्पादनहरूमा गहिरो अध्ययन गरेको बताए ।
नेपाली बजारमा रेड्मी बुकको लन्चसँगै कम्पनीको ध्यान उपभोक्ताहरूलाई उनीहरुको लक्ष्यप्राप्तिका लागि ल्यापटपको पर्फमेन्स र पोर्टेबिलिटीमा केन्द्रित गरेको बताए । प्रिमियम डिजाइन र उत्कृष्ट पर्फमेन्सको विशेषता भएका यी ल्यापटपहरू आधुनिक काम गर्ने/सिक्ने शैलीमा कार्यरत प्रयोगकर्ताहरूका लागि उत्तम विकल्प रहेको उनको दाबी छ ।
मी नोटबुक अल्ट्रा : मी नोटबुक अल्ट्रा आधुनिक र न्यूनतम, युनिबडी डिजाइन भएको शक्तिशाली र पोर्टेबल ल्यापटप हो । यो मी नोटबुक सिरिज एयरोस्पेस ग्रेड सिरिज ६, एल्युमिनियम बडी, एयरक्राफ्ट ग्रेड मेटलको प्रयोगबाट बनेको छ । १.७ किलोग्राम मात्र वजन रहेको यो ल्यापटप १७.९ एमएमभन्दा कम मोटो छ । मिनिमलिस्ट, बलियो र स्मूथ डिजाइन भएको अल–मेटल बडीको साथ सजिलै एकै औँलाले खोल्न र बन्द गर्न मिल्न यी ल्यापटपहरू २डी एरे डुअल–माइक्रोफोन सेटअपको साथ ७२० पीएचडी क्यामेरासँग एकीकृत छन् ।
कम्पनीका अनुसार मी नोटबुक अल्ट्रा प्रयोगकर्ताहरूको दक्षता बढाउने हेतुले डिजाइन गरिएको हो । मी ट्रुलाइफ प्लस डिस्प्लेसहित सुसज्जित यो ल्यापटपमा सय प्रतिशत एसआरजीबी कलर गामुट समेटिएको छ । ३.२ के रिजोल्युसनको साथ ठूलो ३९.६२ सीएम डिस्प्ले, १६ः१० एस्पेक्ट रेसियोसहितको मी नोटबुक अल्ट्रा उत्पादकता कार्यप्रवाहहरूजस्तै प्रोग्रामिङ, लेखन, डिजाइनजस्ता रचनात्मक कार्यहरू लागि उपयुक्त छ । यसले ९० हर्ज रिफ्रेस रेट डिस्प्लेको साथ, प्रयोगकर्तालाई फ्लुइडिटी प्रदान गर्छ । साथै यसमा लेटेस्ट ११औँ जेनरेसनको टाइगरलेक इन्टेल आर कोर टीएम आई सेभेन एण्ड आई फाइभ एच३५ प्रोसेसरहरू सञ्चालित छ । साथै, उच्च–प्रदर्शन इन्टेल आर आइरिसआर एक्सई ग्राफिक्स र समर्पित एआई हार्डवेयरसँग एकीकृत, मी नोटबुक अल्ट्रा क्याजुअल गेमिङ, फोटो, डिजाइन वा भिडियो सम्पादनजस्ता कार्यभारहरूमा नवोदित तथा अनुभवी सिर्जनाकर्ताहरूलाई समर्थन गर्दछ ।
मी नोटबुक अल्ट्रामा ७० डब्लुएचआर ब्याट्री जडान गरिएको छ जसले १२ घण्टासम्मको ब्याट्री ब्याकअप प्रदान गर्दछ । साथै, ६५ वाट यूएसबी टाइपसी चार्जरको साथ, यसले ४५ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ । मी नोटबुक अल्ट्रामा अहिलेको मागअनुसारको ब्याकलिट किबोर्ड रहेको छ, जुन तीन तहको रोशनी (अफ, डिम र ब्राइट) प्रदान गर्छ । यसले गर्दा टाइप गर्न सजिलो र सही ट्याक्टाइल प्रतिक्रियाको साथ विभिन्न वातावरणमा आरामसँग काम गर्न सकिन्छ । यसमा ठूलो, आरामदायी ट्रयाकप्याड रहेको छ । ट्रयाकप्याडले विन्डोज प्रेसिजन ड्राइभर समर्थन गर्दछ । यसको मूल्य बजारमा एक लाख ३६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
मी नोटबुक प्रो : १७.३ एमएम पातलो र १.७ किलोग्राम मात्र वजन भएको यो ल्यापटपमा युनिबडी डिजाइन एयरक्राफ्ट–ग्रेड सिरिज ६ एल्युमिनियम मिश्र चेसिस रहेको छ । प्रयोगकर्ताहरूले पावर बटनभित्र इम्बेड गरिएको फिंगरप्रिन्ट स्क्यानरको साथ छिटो र सुरक्षित लगइनको मजा लिन सक्छन् । मी नोटबुक प्रो १४ इन्च, २.५ के अर्थात् क्यूएचडी प्लस स्क्रिन र ८८ प्रतिशत स्क्रिन–टू–बाडी रेसियोको साथ इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । यसबाहेक, डिस्प्ले एसआरजीबी कलर गामुटको क्यालिब्रेट गरिएको छ । थप आँखा सुरक्षाको लागि टीयूभी लो ब्लू लाइट प्रमाणीकरण र डीसी डिमिङको साथ आउँछ ।
यो ल्यापटपले माइक्रोसफ्ट अफिस सुइटजस्ता उत्पादकता एपहरूमा सहज मल्टिटास्किङ र हेवी ड्युटी पर्फमेन्स प्रदान गर्दछ । यसमा पनि नवीनतम ११औँ जेन टाइगरलेक इन्टेल आर कोर टीएम आई सेभेन एण्ड आई फाइभ एच३५ प्रोसेसरहरू छ, जसले ४.८ गिगाहर्जसम्म उच्चस्तरको कार्यसम्पादन सुनिश्चित गर्दछ । १६ जीबीको डीडीआरफोर ¥यामको साथ ३२०० मेगाहर्ज रहेको सुपर स्न्याप्पी अनुभवको लागि ५१२ जीबी एनभीमी एसएसडी स्टोरेज समर्थन गर्दछ । मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो दुवैमा विन्डोज ११ समर्थन गर्दछ । यसमा एमएस अफिस होम एण्ड स्टुडेन्ट एडिसन २०२१ र मी स्मार्टसेयर प्रिलोडेड छन् । यसको मूल्य बजारमा एक लाख नौ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
रेड्मी बुक १५ प्रो : मि बुक सिरिज डिजाइनमा हुने सानो परिवर्तनले पनि कसरी ठूलो प्रभाव पर्नसक्छ भन्ने कुराको उदाहरण रेड्मी बुक १५ प्रो हो । यसको कट आउट यसरी डिजाइन गरिएको छ कि यसलाई एकै औँलाले खोल्न सकिन्छ । चार्कोल ग्रे रङमा उपलब्ध यसको तौल जम्मा १.८ किलो मात्रा छ ।
१५.६ इन्चको फुल एचडी डिस्प्ले भएको यो ल्यापटपमा एन्टी ग्लेयर कोटिङ गरिएकोले उज्यालोमा काम गर्न सजिलो बनाउनुको साथै स्क्रिनबाट आउने रिफ्लेक्सन रोक्छ । यसको स्क्रिन टु बडी रेसियो ८१.८ प्रतिशत रहेको छ । त्यस्तै भिडियो कलको लागि यसमा ७२० पीएचडी र डुअल माइक्रोफोन सेटअप गरिएको छ ।
प्रोडक्टिभिटीमा सम्झौता गर्न नचाहने प्रयोगकर्ताहरुलाई विशेष ध्यानमा राखेर यसमा लेटेस्ट ११औँ जेन टाइगर लेक इन्टेल आर कोर टीएमआई सेभेन एन्ड आई फाइभ एच३५ ११३०० हर्ज सिरिज प्रोसेसरहरु प्रयोग गरिएको छ । ४.४ गिगहर्ज क्लक स्पिड भएको स्ट्रिमिङ, एडिटइङ र ब्राउजिङको लागि यो ल्यापटप एकदम ठीक छ । ३२ सय एमएचसम्मको क्लक स्पिड भएको आठ जीबीको डीडीआरफोर ¥याम र ५१२ जीबीको एनभीमी एसएसडी भएको यस ल्यापटपमा बुटअप, वेक र फाइल ट्रान्स्फर पनि एकदम चाँडो हुन्छ । यो जम्मा १५ सेकन्डमै बुटअप हुनुको साथै फाइल ट्रान्स्फर, एप लोड पनि अत्यन्तै चाँडो हुन्छ ।
त्यस्तै यसमा ४६ डब्लुएचआरको ब्याट्री छ, जसमा १० घण्टासम्म ब्याट्री ब्याकअप दिनुको साथै ३५ मिनेटमै ५० प्रतिशत चार्ज गर्न मिल्छ । रेड्मीबुकमा आरामदायी स्पेस भएको सिजर मेकानिज्म किबोर्ड प्रयोग गरिएको छ । साथै यसको ट्रयाकप्याडले विन्डोज प्रेसिजन ड्राइभरहरूलाई पनि समर्थन गर्दछ । लामो मिटिङहरू र प्रेसेन्टेसनहरूमा स्पष्ट ध्वनि आउटपुटको लागि, यसमा दुईवटा दुई वाटका स्टेरियो स्पिकरहरू छन् । यसले विन्डोज ११ समर्थन गर्दछ भने यसमा एमएस अफिस होम र स्टुडेन्ट एडिसन २०२१ प्रि–लोड गरिएको छ । यसको मूल्य बजारमा ८९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
रेड्मीबुक ई–लर्निङ एडिसन : रेड्मीबुक ई–लर्निङ एडिसन विशेष रूपमा स्कुल जाने विद्यार्थीहरू हुन्, कलेज जाने युवाहरू अथवा कार्यालय जाने कामदारहरूका लागि बनाइएको छ । घरबाटै रिमोट लर्निङ वा काम गर्नेहरुका लागि यी ल्यापटपहरू उत्तम विकल्प हुनसक्छ ।
उत्तिकै आकर्षक डिजाइनमा आउने रेडमिबुक इ लरनिङ एडिसनमा पनि लेटेस्ट ११औँ जेन टाइगरलेक इन्टेल आर कोर टीएम आईथ्री प्रोसेसर प्रयोग गरिएको छ । एक्स्ट्रा लोकल स्टोरजको लागि यसमा २५६ जीबी साटा एसएसडीको साथ आउने यो ल्यापटपमा आठ जीबीको डीडीआरफोर -याम छ । यसको मूल्य ७४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया