एनसेलले ल्यायो ‘इन्डलेस कम्बो प्याक’
काठमाडौं । एनसेल आजियटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ । सोमबारबाट सञ्चालनमा आएको यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित मात्र २५ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सकिने एनसेलले जनाएको छ ।
एनसेलका अनुसार डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले एक सय एमबी डेटा र दुई सय मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् ।
ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स एक ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स दुई ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले दुई सय ५० एमबी डेटा र दुई सय ५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र २५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स एक एस्ट्रिक्स छ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् ।
सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताअनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको जनाएको छ । यो योजनाअन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया