सामसङले ग्यालेक्सी ए २३ को मूल्य घटायो
काठमाडौं । सामसङ्ग ग्यालेक्सी ए२३ औपचारिक रुपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य दुई हजार रुपैयाँले घटाइएको छ । ए २३ को छ जीबी÷१२८ जीबीको मूल्य २९ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ भने चार जीबी÷६४ जीबीको मूल्य २५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
सामसङ्ग ग्यालेक्सी ए २३ स्न्यापड्रागन ६८० साथ चार र छ जीबी -याममा उपलब्ध छ । यो फोनमा ६४ र १२८ जीबी भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले एक टीबीसम्म बढाउन सकिन्छ । यो फोनमा एण्ड्रोइड १२ र वान यूआई ४.१ छ । यो स्मार्टफोनमा ६.६ इन्चको एफएचडी प्लस स्क्रिन राखिएको छ, जुन वाटरड्रप नचका साथ आउँछ । क्यामराको रुपमा यसमा चारवटा क्यामरा लगाइएको छ, जुन ५० मेगापिक्सलको प्राइमरी सेन्सर, एउटा पाँच मेगापिक्सलको अल्ट्रा वाइड सुटर, एउटा दुई मेगापिक्सलको डेप्थ सेन्सर र एउटा दुई मेगा पिक्सलको म्याक्रो क्यामरा रहेको छ । यस मोबाइलको मुख्य क्यामरामा ओआईएस जडित छ ।
ओआईएस हार्डवेयर र सफ्टवेयर प्रोसेसिङको संयोजन प्रयोग गर्छ, जुन कम प्रकाशमा पनि प्रस्ट र तीक्ष्ण फोटोहरु खिच्नको लागि पर्याप्त हुन्छ । यसले गर्दा फोटो खिच्दा कम्पन भए पनि फोटोमा त्यसको असर अत्यन्त कम पर्दछ । यो फोनमा पाँच हजार एमएएचको ब्याट्री लगाइएको छ, जुन २५ वाटको तीव्र गतिले चार्ज हुनसक्ने क्षमता छ । साथै यसको बक्समा १५ वाटको एडप्टर रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया