आइमार्क र गिफ्टबीच सहकार्य, बिलिङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर मुगु सप सार्वजनिक
काठमाडौं । नेपालकै अग्रणी फिनटेक कम्पनी आइमार्क प्रालि र ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको गिफ्टबीच गिफ्ट लोयल्टी कार्यक्रममा सहकार्य हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच आइमार्क तथा गिफ्टको संयुक्त सहकार्यमा लोयल्टीसँग सम्बन्धित कार्यक्रम समेत आयोजना गरिएको थियो ।
गिफ्ट लोयल्टी कार्यक्रम मुख्यतः बैंक, एयरलाइन्स, टेलिकम, इन्स्योरेन्स, सुपर मार्केट तथा अन्य रिटेल पसलमा सञ्चालन गर्न सकिन्छ । एक पटक गिफ्ट डट कममा आबद्ध भएपछि गिफ्टको सञ्जाल भएका कुनै पनि मुलुकमा लोयल्टी प्वाइन्ट साट्न वा उपभोग गर्न सकिनेछ । गिफ्टको ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको छ । नेपालमा हालसम्म इन्टर ओपेरेबल लोयल्टी कार्यक्रम नरहेको र यस किसिमको कार्यक्रम पहिलो पटक भएको आइमार्क प्रालिका निर्देशक आशिष शर्माले जानकारी दिए । सो कार्यक्रममा गिफ्टका सेल्स डाइरेक्टर दिपा स्वामी तथा सेल्स प्रेसिडेन्ट दिलिप डीएसले लोयल्टीको महत्व र यसले ग्राहकलाई जोगाइराख्ने विषयमा प्रस्तुति दिएका थिए ।
साथै कार्यक्रममा आइमार्क प्रालिको बिलिङ तथा मौज्दात व्यवस्थापन सफ्टवेयर तथा मोबाइल एप ‘मुगु सप’ सार्वजनिक गरिएको थियो । साना किराना पसलदेखि दैनिक कारोबार गर्ने ठूला तथा मध्यम कम्पनीहरुले यो एपमा बिलिङ सेल इन्भोइस, भुक्तानी, छुट, खरिद, बिक्री सूचीलगायतका विवरण राख्न सक्नेछन् । यसका साथै बिलिङ, खाता व्यवस्थापन, सामानहरूको सूची व्यवस्थापन, कर्मचारीको हाजिरी, रिपोर्टिङ, अनलाइन स्टोर सञ्चालन, ग्राहकसँगको सम्बन्ध व्यवस्थापन (सीआरएम) तथा लोयल्टी व्यवस्थापनजस्ता सेवा समेत प्रयोगकर्ताले लिन सकिने आइमार्क प्रालिका डाइरेक्टर आशिष शर्माले जानकारी दिए ।
कापी कलमले लेखेर अभिलेख राख्ने पुरानो पद्धतिभन्दा यो एपको माध्यमबाट सबै कारोबारका अभिलेखहरू सहजै राख्न र परिमार्जन गर्न सकिने कम्पनीले जनाएको छ । मुगुसप एप रिटेल, किराना पसल, स्पा, सैलुन, रेस्टुरेन्ट तथा क्याफे उद्यमीहरूले प्रयोग गर्नसक्ने आइमार्कका व्यवस्थापक सुयस चन्दले बताए । करिब एक महिना पहिलेदेखि परीक्षणका रुपमा सञ्चालनमा आएको मुगुसप छोटो समयमा नै धेरैले प्रयोग गर्न थालिसकेको कम्पनीले जनाएको छ । मुगुसप एप प्रयोगका लागि ९८०२३१४७०९ मा फोन वा इन्फो एट मुगु डट सपमा इमेल गरी सम्पर्क गर्न सकिनेछ । यस्तै मुगुसपको सेवा लिनका लागि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामबाट पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपालको अग्रणी फिनटेक कम्पनी आइमार्कमा एक सय ५० बढी कर्मचारी कार्यरत छन् । आइमार्कले नेपालका हरेक बैंकलाई आफ्नो सेवा प्रदान गरिरहेको छ । हाल आइमार्क ले २० हजार बढी मर्चेन्टमा कार्डबाट भुक्तानी गर्नसक्ने पीओएसको सेवा प्रदान गरिरहेको छ । काठमाडौंको डिल्ली बजारमा आफ्नो प्रधान कार्यालय रहेको आइमार्कको नेपालबाहेक भुटान, बर्मा, भारत तथा अमेरिकामा समेत सेवा दिँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया