निगमको काठमाडौं–रियाद–काठमाडौं नियमित व्यावसायिक उडान सुरु
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद–काठमाडौं नियमित व्यावसायिक उडान सुरु गरेको छ । नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान शुक्रबार १९ः१५ बजे प्रस्थान गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि २०७८ फागुन २२ गते उडान अनुमति प्राप्त भएपश्चात् उक्त गन्तव्यमा निगमले आफ्नो गन्तव्य विस्तार गरेको हो ।
निगमले हाल भारतको दिल्ली, मुम्बई र बैंलोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएको छ । यस्तै निगमले अब नयाँ गन्तव्यको रूपमा साउदी अरेबियाको रियादसहित ८ मुलुकका १० वटा गन्तव्यहरूमा उडान सञ्चालन गर्ने भएकोे छ ।
उक्त गन्तव्यहरूमध्ये निगमले दिल्लीमा दैनिक दुईवटा उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहरूमा साप्तहिक रूपमा क्रमशः मुम्बई, बैंलोर, क्वाललम्पुर र बैंककमा तीन–तीन वटा, दोहामा पाँच, दुबईमा पाँच, हङकङमा एक र नारितामा तीनवटा उडान सञ्चालन गर्दै आएको छ । त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिटै दैनिकरूपमा (डे रिटर्न प्लाइट) सञ्चालन गर्ने तयारी समेत निगमको रहेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरूमा हाल निगमको सिट अकुपेन्सी ८० प्रतिशतभन्दा बढी रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया