वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउन जोड
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार विद्युतीय सवारीसाधनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वायु प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्नेमा जोड दिए ।
पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकाशिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै उनले विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनुपर्ने बताए । ‘यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बहिर्गमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्यासहरु तथा हानिकारक कणजन्य तत्वको उत्सर्जन गर्ने विषयहरु जस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकारात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकाश गर्नुपर्ने अवश्यकता छ’, उनले भने । यस्तै उनले देशमा वायुप्रदूषण बढिरहेकोले यसको नियन्त्रण गर्ने गरी काम गर्न अनुसन्धानकर्तालाईं आग्रह गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया