Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोला नेपालले युथ स्पिक फोरम आयोजना गर्ने

कोका–कोला नेपालले युथ स्पिक फोरम आयोजना गर्ने


काठमाडौं । पेयपदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ । कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो । त्यसयता यसले एक्सन फर एसडीजी २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस वर्ष वाईएसएफको मुख्य विषय युवा विकास र उनीहरुको चासोलाई सम्बोधन गर्नु रहेको कम्पनीले जनाएको छ । कोका–कोला नेपालले विगत पाँच वर्षदेखि युवा सशक्तीकरण र दिगो भविष्यको उद्देश्यसहित आइसेकसँग साझेदारी गर्दै आएको छ । वाईएसएफ इंगेज विथ आइसेकअन्तर्गतको एउटा कार्यक्रम हो जसको मुख्य उद्देश्य युवा सशक्तीकरण रहेको छ । यस कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेताहरुलाई विश्वव्यापी मुद्दाहरुको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । सशक्तीकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरुलाई बहस र छलफलका निष्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ । त्यसमार्फत कसरी दिगो विकासका लक्ष्यहरु हासिल गर्नको निम्ति योगदान दिन सकिन्छ भन्ने कुरामा जोड दिन्छ ।

कम्पनीका अनुसार अहिलेको पुस्ता अनियन्त्रित फोहोर व्यवस्थापनको असरले प्रत्यक्ष प्रभाव पारेको पहिलो पुस्ता हो र यसबारेमा केही गर्न सक्ने पनि अन्तिम पुस्ता हो । यस वर्षको युथ स्पिक फोरमको विषय ‘स्वच्छ भोलिको लागि दिगो फोहोर व्यवस्थापन’ रहेको छ । वाईएसएफको तीनै चरणका कार्यक्रमहरु संयुक्त राष्ट्रसंघको सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने एवम् दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने दुई मुख्य दिगो विकास लक्ष्यहरुमा केन्द्रित हुनेछन् ।

कोका–कोलाको ‘संसारलाई रिफ्रेस गर्ने र हरेक किसिमबाट सकरात्मक परिवर्तन गर्ने’ उद्देश्य र आइसेकको ‘मानवीय क्षमताको पूर्णसदुपयोग र शान्ति’ उद्धेश्यसहित यसपालिको योथ स्पिक फोरम सञ्चालन हुन लागेको कम्पनीको भनाइ छ । यसले यिनीहरु दुवैलाई आफ्नो उद्देश्यको एक कदमनजिक ल्याएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x