साइमेक्सद्वारा दक्षिण एसियामै ठूलो एकल विद्युतीय गाडीहरुको सेवा सञ्चालन
काठमाडौं । नेपालको लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रालिसँग ५० वटा इमिसनफ्री, रेन्टल फ्लिट बीवाईडी ई—सिक्स इलेक्ट्रिक (एसयूभी) सञ्चालनको लागि सम्झौैतापत्रमा हस्ताक्षर गरेको छ ।
कम्पनीका अनुसार यो दक्षिण एसियामा नै सबैभन्दा ठूलो सञ्चालित एकल विद्युतीय गाडीहरुको फ्लिट हो । अप्रिल २० मा भएको आधिकारिक समारोहमाझ साइमेक्स इन्क र सेल्फ ड्राइभले फ्रेमवर्कको सम्झौैतापत्रमा हस्ताक्षर भएसँगै सेल्फ ड्राइभ बीवाईडी इलेक्ट्रिक गाडीहरुको एक्सक्लुसिभ रेन्टल पार्टनर बन्न सफल भएको छ । नेपालमा आरामदायी इलेक्ट्रिक गाडीहरुको फ्लिट सञ्चालन हुनु बीवाईडी र स्पार्क ग्रुप दुवैका लागि कोशेढुंगा साबित हुनेछ । सेल्फ ड्राइभले काठमाडौंमा रहेका आफ्ना कर्पोरेट र निजी ग्राहकहरुका लागि कम मूल्यमा, इमिसन फ्री र ड्राइभरसहितको कार सेवा प्रदान गरिरहेको छ । पाँचवटा विशुद्ध इलेक्ट्रिक, इमिसनफ्री बीवाईडी ई—सिक्स (फस्ट जेनेरेसन) मोडलहरुबाट पहिलोपल्ट फ्लिट सुरु गरेको यसले आगामी दिनहरुमा नयाँ गाडीहरु थप्ने योजना रहेको जनाएको छ ।
इलेक्ट्रिक प्रविधिमा आधारित बीवाईडी ई—सिक्स गाडीहरुमा भरपर्दो र प्रमाणित ब्याट्री रहेको छ । विश्वभरि सय मिलियन ट्याक्सी र १४ मिलियन माइल प्यासेन्जर बसहरुमा प्रयोग भएर प्रमाणित भइसकेको यसमा युएल सर्टिफाइड आइरन फोस्फेट (एफइ)ब्याट्री प्रयोग गरिएको छ । गुह्येश्वरी काठमाडौंमा अवस्थित स्पार्क ग्रुपको फ्यासिलिटीमा बीवाईडी ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर छिटै सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ ।
बीवाईडीलाई अग्र स्थानमा राख्नको लागि मे २२ देखि सञ्चालनमा आउने यस आधुनिक वर्कसप फ्यासिलिटीमा दक्ष अनि प्रशिक्षित प्रोफेसनलहरु र नवीनतम उपकरणहरु हुने कम्पनीको दाबी छ । यस सर्भिस सेन्टरमार्फत उपभोक्ताहरुले उत्कृष्ट सेवाको अनुभव प्राप्त गर्न सक्नेछन् । यसका साथै गा्रहकहरुको सुविधाका लागि ४० किलोवाट एसी क्षमताको फास्ट चार्जर पनि फ्यासिलिटीमा स्थापना गरिने कम्पनीले जनाएको छ ।
बीवाईडीई—सिक्स चीनमा सन् २०१६ मा सबैभन्दा बढी बिक्री हुने विशुद्ध इलेक्ट्रिक कार हो, जसले हवाना इन्टरनेशनल फेयर २०१५ मा ‘वेस्ट क्वालिटी प्रोडक्ट’ को लागि स्वर्ण पदकसमेत प्राप्त गरेको छ । लामो दूरीको लागि उपयुक्त यो एक इलेक्ट्रिक फ्रन्ट ह्विल ड्राइभ —युटिलिटी गाडी हो । विशिष्ट इन्टेरियर स्पेस (८८.३—सीयू फिटभन्दा बढी) र ६ एयरब्यागहरु भएको यस क्रसओभर (एसयूभी)मा ८० किलोवाट लिथियम आइरन फस्फेट ब्याट्रीसँग जोडिएको९० किलोवाट इलेक्ट्रिक मोटर रहेको छ, जसले सिंगल चार्जमा ४०० किमि ड्राइभिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया