Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्कोडा नेपालले ल्यायो नयाँ योजना

स्कोडा नेपालले ल्यायो नयाँ योजना


काठमाडौं । नेपालको लागि स्कोडाको आधिकारिक आयातकर्ता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अस्योरेन्स’ नामक नयाँ योजना घोषणा गरेको हो ।

यस योजनामा ग्राहकहरूले १० लाख रुपैयाँको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्नेछन् । साथै गाडीको दुई वर्षको निःशुल्क आवधिक सर्भिसिङ समेत पाउनेछन् । एमएडब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना सबै ग्राहकहरूलाई विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो । यस योजनामा स्कोडा कुशकलाई सात वर्षको लागि ७० प्रतिशत ऋणमा वित्त पोषण गर्न सकिन्छ । यस्तै ग्राहकले आफ्नो पुरानो कार स्कोडा कुशकको लागि ठाउँको ठाउँमै साट्न सक्नेछन्, जसलाई डाउन पेमेन्ट मानिनेछ । यसैगरी ग्राहकले स्कोडा कुशकसँग निःशुल्क एक्सेसरिज पनि पाउनेछन् ।

स्कोडा कुशक नेपालमा तीन फरक भेरियन्ट एक्टिभ, एम्बिसन र स्टाइलमा उपलब्ध रहेको छ । यसमा अवार्ड–विजेता नयाँ टीएसआई प्रविधिसहितको १.० लिटर इन्जिन छ, जसले ११५ पीएस र १७८ एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार स्कोडा गाडीहरू निर्माण गुणस्तर, ड्राइभिङको आनन्द, आराम, सुरक्षा र प्रदर्शनका लागि परिचित छन् । चेक गाडी निर्माताका यी पक्षहरूलाई नेपाली बजारले मन पराएको छ, यी सबै पक्षहरूले स्कोडा कुशकलाई देशकै सबैभन्दा प्रिय गाडीहरूमध्ये एक बनाएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x