चौथो जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला भृकुटीमण्डपमा
काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि जेठ ८ गतेसम्म जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला २०७९ आयोजना हुने भएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न विदेशी जुत्ता चप्पलको आयातलाई प्रतिस्थापन गरी वस्तु उत्पादनका क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन तथा स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि मेला हुने भएको हो । फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवर्द्धन गर्नको लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
फुटवेयरमा अध्यक्ष नानीराज घिमिरेका अनुसार अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको छ । एशोसिएनका उपाध्यक्ष रुद्र प्रसाद न्यौपानेले स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी दिनको लागि मेला आयोजना गर्नलागेको बताए । उक्त मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजनय वस्तुहरु लेडिज जेन्स बच्चा सबैलाई समेट्ने गरी गर्मी सिजन, बिहे पार्टीका लािग लक्षित उत्पादनहरु रहने आयोजकले जनाएको छ ।
मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरू र स्वदेशी तयार गरिएका जुत्ता चप्पल महिला, पुरुष र बालबालिका सबैलाई ५० प्रतिशत छुटका साथ पाइने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार मेलामा बेस ग्लोबल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ । त्यस्तै स्मार्ट सुज, वान ओर्ल्ड फुटवेयर। सुरभी पोलीमर्स, सम्राट शुज। नमस्ते फुटवेयर, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थितिगरी १९ कम्पनीको सहभागिता मेलामा रहेको छ । दुई लाख ५० हजार भन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अनुमान फुटवेयरले गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया