Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई३३ एस टेक्नोलोजिकल र डिजाइन ड्रिभन इनोभेसनले भरिपूर्ण

भिभो वाई३३ एस टेक्नोलोजिकल र डिजाइन ड्रिभन इनोभेसनले भरिपूर्ण


काठमाडौं । भिभोले हालै नेपालमा पाँच हजार एमएएच ब्याट्री लाइफ, शक्तिशाली क्यामेरा प्रणाली र विशाल मेमोरी विस्तार सेटअपसहित वाई३३एस नेपाली बजारमा सार्वजनिक गरिसकेको छ । युवा र प्रविधि उत्साही प्रयोगकर्ताहरुका लागि यस स्मार्टफोनमा उल्लेखनीय विशेषताहरु छन् ।

कम्पनीका अनुसार भिभोका वाई सिरिजका स्मार्टफोनहरू सुलभ मूल्य दायरामा उपलब्ध उत्कृष्ट सुविधाहरूका लागि प्रख्यात छन् । वाई३३एस पनि फरक छैन । यसले फराकिलो दायराका उपभोक्ताहरूको लागि उपयुक्त उत्पादन ल्याउन प्रविधि र डिजाइनको क्षमतालाई संयोजन गरेको छ । ट्रिपल क्यामेरा भएको भिभो वाई३३एसले तस्वीरहरुलाई रचनात्मक अनुभवमा परिणत गर्न ५० एमपी रियर क्यामेरा, दुई एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा ल्याएको छ । ५० एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक गर्दै उच्च फोटोग्राफीलाई पुनः परिभाषित गर्दछ, जसको परिणामस्वरूप सामान्य प्रकाश र कम–प्रकाश परिदृश्यहरूमा पनि उत्कृष्ट विवरणका तस्वीरहरू खिच्न सकिन्छ । यसबाहेक, जुम इन वा क्रप आउट गर्दा पनि पूर्ण स्पष्टता कायम राख्दै तस्वीरको गुणस्तर कम हुँदैन । यसबाहेक, रातमा सुपर नाइट सेल्फी नोइज रिडक्सन टेक्नोलोजी र औरा स्क्रिन लाइटले प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि आवश्यक प्रकाश प्रदान गर्दछ ।

स्मार्टफोनमा लगानी गर्दा ग्राहकहरूले स्मार्टफोनको स्टोेरेज क्षमता (चाहे अस्थायी होस् वा स्थायी) विचार गर्नुपर्ने महत्वपूर्ण मापदण्ड बनेको छ । भिभोले उपकरणलाई प्रभावकारी रूपमा काम गर्ने आठ जीबी मेमोरीसहितको उत्कृष्ट विस्तारित र्याम २.० ल्याएको छ । धेरै एपहरूविना कुनै ढिलाइ एकैसाथ चलाउन यसको चार जीबी निष्क्रिय रोमलाई ¥याममा विस्तार गर्न सकिन्छ । विस्तारित ¥याम २.० को एउटा प्रमुख फाइदा भनेको यसले प्रयोगकर्ताहरूलाई विना कुनै झन्झट एकबाट अर्को एपमा स्विच गर्न सहज बनाउँछ । स्मार्टफोनमा १२८ जीबी रोम पनि छ, त्यसैले प्रयोगकर्ताहरूले नयाँ फोटो, भिडियोहरु राख्नका लागि पुराना तस्बिरहरू, भिडियोहरू वा एपहरू हटाइ राख्नुपर्दैन । हेलियो जी८० प्रोसेसरको साथ, वाई३३एसले राम्रो गेमिङ अनुभव प्रदान गर्दछ ।

स्मार्टफोनमा पाँच हजार एमएएच ब्याट्री र १८ वाट्ट फास्ट चार्ज छ, जसले उपकरणलाई छिट्टै चार्ज गरेर प्रयोगकर्ताहरूको धेरै समय बचत गर्दछ । १८२ ग्राम हलुका तौल भएको यो उपकरणले प्रिमियम अनुभूति प्रदान गर्दछ । भिभोको बजेट–अनुकूल वाई सिरिजका स्मार्टफोनहरूमा डिजाइन–ड्रिभन विशेषता साँच्चै आश्चर्यजनक छन् । ट्रिपल क्यामेरा मोड्युलको साथमा ब्रान्डले स्मार्टफोनको भिजुअल अपिललाई बढाउँदै यसको सिग्नेचर डुअल टोन स्टेपमा कम्पोनेन्टहरूलाई स्मार्टरूपमा व्यवस्थित गरेको छ । साधारण डिजाइनको सौन्दर्य र विविध रङले वाई३३एसलाई युवाहरूका लागि आकर्षक स्मार्टफोन विकल्प बनाएको छ ।

भिभो वाई३३एस मिरर ब्ल्याक र मिडडे ड्रीम – दुई अद्वितीय रंगहरूमा उपलब्ध छ । मिरर ब्ल्याक स्मार्टफोनमा चम्किलो कालो रंगका लागि डबल लेयर कोटिङ प्रविधि प्रयोग गरिएको छ भने मिडडे ड्रीममा औँलाका छाप नबस्नका लागि लिक्विड क्रिस्टल कोटिङको साथ एजी बनावटलाई हाइलाइट गरिएको छ । यो उपकरण नेपालभर भिभोका रिटेल पसलहरूमा उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x