Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योग वाणिज्य संघ दैलेखको १६ बुँदे माग

उद्योग वाणिज्य संघ दैलेखको १६ बुँदे माग


दैलेख । दैलेख उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादूर शाहीलाई बिभिन्न १६ बुदेँ माग राखी ज्ञापनपत्र बुझाएको छ । बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादूर शाहीलाई भेटी संघका अध्यक्ष कुलबहादूर विकको नेतृत्वको टोलीले मागपत्र बुझाएको हो ।

संघले दैलेख जिल्ला एैतिहासिक, पुरातात्वीक, धार्मीक र प्राकृतिक रुपमा धनी जिल्ला रहँदा रहँदै पनि यहाँ न्युन बजेट बिनीयोजन हुनु, प्रदेश र केन्द्र सरकारको खासै चासो नरहनुले यहाँ विकासमा पछि परेको उल्लेख गरेको छ । मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरिएको मागपत्रमा दैलेख जिल्लाका सबै क्षेत्रहरुमा चक्लाबन्दी, ठुला तथा मझौला सिञ्चाई योजनाहरु, हरेक पालिकामा एउटा संकलन केन्द्र, हाटबजार स्थल निर्माण तथा सञ्चालन गर्नका लागी आवश्यक बजेट सहितका कार्यक्रमहरुको माग गरिएको छ ।

यस्तै दैलेख सुर्खेत सडक खण्डलाई कृर्षी तथा पर्यटकिय सडक घोषणा गरि स्तरउन्नती, दैलेखका ११ वटै स्थानिय तहहरुमा हाटबजार संचालन र कृर्षी उपज संकलन केन्द्रका लागि आवश्यक बजेट बिनीयोजनको गर्न माग गरिएको छ । औद्योगिक लगानी बर्ष (२०७९/८१) को आयोजनाका गर्नका लागि २०७९ मंसिरमा दैलेख सदरमुकाममा प्रदेशस्तरिय महोत्सव आयोजना गर्ने निर्णय भएकाले त्यसका लागी बजेट बिनीयोजन गर्न समेत संघले आग्रह गरेको छ ।

जिल्लामा विमानस्थल निर्माणका लागी आवश्यक पहल गर्न तथा पंचकोशी विकास बोर्ड गठन गर्न माग गरिएको छ । यस्तै दैलेख जडिबुटीको हव भएकाले जडिबुटी प्रशोधन केन्द्रका साथै हाते कागज, अल्लो प्रसोधन केन्द्र स्थापना गर्नका लागि सह–लगानिका लागि आवश्यक बजेट बिनीयोजनको माग गरिएको छ । बाँकेको जमुनाहा, सुर्खेत, दैलेख सदरमुकाम, महावू हुदै हिल्सा जोड्ने सडकका लागी आवश्यक बजेट तथा दैलेखको श्रीस्थान क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गर्नका लागि हाल कार्य स्थगित भएकाले संघिय सरकारसंग पहल गरिदिन पनि आग्रह गरिएको छ ।

संघ अध्यक्ष बिकले जिल्लामा बिद्यतीकरण, सदरमुकाममा आधुनिक सुबिधा सम्पन्न सिटी हल निर्माणका लागि आवश्यक बजेट, लघू, उद्यमी र व्यवसायिहरुका लागि नविकरणमा लाग्ने शुल्कमा छुट, राकम कर्णालिमा औद्योगिक ग्राम स्थापना र संचालन, राईलि र नौमुलेको द्धारी झरनालाई पर्यटकिय स्थल निर्माणका लागि आवश्यक बजेट बिनियोजन लगाएतका मागहरुसहितको मागपत्र हस्तान्तरण गरिएको जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x