महासंघ र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सहमति
काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीपछि दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्नेछन् ।
समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बिहीबार हस्ताक्षर गरेका हुन् । यसका लागि महासंघको पर्यटन विकास समितिले विशेष भूमिका निर्वाह गरेको थियो । आपसी समझदारीअनुसार पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तिनको आदानप्रदान गर्ने, नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने छ । त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेसन, पार्कलगायत अन्य पर्यटकीय गतिविधिहरू)मा सहकार्य हुनेछ ।
कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन यो सहमति कोशेढुंगा हुने बताए । अध्यक्ष गोल्छाले समझदारीपत्रको अक्षरश कार्यान्वयनको प्रतिबद्धता पनि जनाए । साथै उनले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसँग आबद्ध सबै संस्थाहरूको सहभागितामा छिट्टै एउटा बृहत् कार्यक्रम आयोजनाको प्रस्ताव पनि गरेका थिए । कार्यक्रमबाट यस क्षेत्रलाई माथि उठाउन कम्तीमा ठोस कार्ययोजना तयार गरी सोहीअनुसार अगाडि बढ्नुुपर्नेमा उनको जोड थियो । पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारीसाधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको भन्दै यसमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउनेतर्फ पहल हुनुपर्नेमा जोड दिँदै यो सम्भव पनि भएको उल्लेख गरे । यसका लागि सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । साथै नेपालले गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ पहल गर्नुपर्ने सुुझाव अध्यक्षको थियो । काठमाडौं विमानस्थललाई अलि बढी पर्यटनलक्षित गरी सेवा विस्तार, गुणस्तर सुुधारमा जोड दिनुुपर्ने धारणा उनको थियो ।
अध्यक्ष गोल्छाले छिट्टै नेपाल–भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय सहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि सँगै लैजान सकिने बताए । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले निजी क्षेत्रको छाता संस्थासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै पर्यटन विकासमा महासंघका अध्यक्षले दिएका सुुझाव निकै मननीय भएकाले कार्यान्वयनमा लैजानेतर्फ पहल गर्ने विश्वास दिलाए ।
पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अगाडि बढाउन पनि उनले आग्रह गरे । सो अवसरमा दुवै जनाले भारतीय र चिनिया पर्यटक आकर्षणमा विशेष कार्यक्रम ल्याउनुुपर्नेमा जोड दिए । महासंघको पर्यटन तथा हवाइ यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताईन् ।
महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले समझदारी अनुसारका कामलाई छिट्टै अगाडि बढाइने प्रतिबद्धता जनाए । सो अवसरमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पर्यटन तथा हवाइ यातायात समितिका सदस्यहरू, बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने, महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया