Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखराको चाउथेमा गार्डेन मार्टको १७औँ शाखा

पोखराको चाउथेमा गार्डेन मार्टको १७औँ शाखा


काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा महानगरपालिका १४ स्थित चाउथेमा गार्डेनमार्टको १७औँ शाखा सञ्चालनमा आएको छ । उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्य वस्तुदेखि अन्य विभिन्न सामान किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको हो ।

उद्योग वाणिज्य संघ पोखराका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले शनिबार एक कार्यक्रमका बीच मार्टको नयाँ शाखाको उद्घाटन गरेका थिए । मार्टको सञ्चालनले स्थानीयलाई किनमेलको नयाँ अनुभव दिने बताउँदै उपाध्यक्ष प्रजापतिले यसले स्थानीयस्तरमा रोजगारीको समेत सिर्जना गर्ने बताए । यो मार्टमा चामल, चिनी, दाललगायतमा दैनिक उपभोग्य वस्तु, सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् । यसका अतिरिक्त महिलाहरुका लागि शृंगारका सामग्रीहरु, फ्रिज, वासिङ मेसिन, आइरन, गिजरलगायतका विद्युतीय उपकरणहरु मार्टमा बिक्रीका लागि राखिएको छ । मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरुको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट पाउने सहकारीका अध्यक्ष सुशील बानियाँले जानकारी दिए ।

अध्यक्ष बानियाका अनुसार बचत संकलन र ऋण प्रवाहका अतिरिक्त सहकारीले प्रत्यक्ष नाफामूलक व्यवसायमा समेत लाग्नुपर्छ भन्ने हिसाबले यो मार्ट सञ्चालनमा ल्याइएको हो । यो सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौंडा, बुटवलको जोगिकुटी, नेपालगञ्जको न्युरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, डडेल्धुरा, दाङ्गको घोराही, बाँकेको चाँदनी चोकमा गार्डेन मार्टको शाखा सञ्चालनमा ल्याइसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x