काठमाडौं फोहोर संकलन दौडमा कुमारी जबको सहकार्य
काठमाडौं । काठमाडौं ट्रयास कलेक्सन रेस (फोहोर संकलन दौड) २०२२ सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करिअर पार्ट्नरको रुपमा हातेमालो गरेको थियो ।
मैनादेवी फाउन्डेसनले आयोजना गरेको उक्त रेसमा चार सयभन्दा बढी युवाहरुको उत्साहजनक उपस्थिति रहेको थियो । उक्त रेस हात्तीसार चोकबाट सुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडक हुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियोे । दौडिँदै सबैभन्दा धेरै फोहोर संकलन गर्न सफल प्रत्येक पाँचवटा टिमलाई नगद १० हजार रुपैयाँ पुरस्कार र पदक प्रदान गरिएको थियो । दौडमा टिम कफीबाट रामचन्द्र कुमाल र विवेक पोख्रेल, टिम इम्पेरियल बोइजबाट लक्ष्मण गिरी र विश्वामित्र थारु, टिम खवटबाट प्रेमप्रकाश खड्का र जश्विन भाट, टिम पिसफुल डोभबाट सविन राई र निमा रुम्बा तथा टिम द रेभुल्युसनबाट विनोद जेठारा र शंकर रोकाया विजयी भएका थिए । यसको साथै कुमारी जबले अन्य मनोरञ्जात्मक कार्यक्रमहरु पनि गरेको थियो, जसको विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुमारी जबले जनाएको छ । विजेताहरुको घोषणा कुमारी जबको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राममार्फत केही दिनपछि गरिने कम्पनीले जनाएको छ ।
कार्यक्रममा प्रसिद्ध क्रिकेटर एवम् नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, पूर्वएआईजी सर्वेन्द्र खनाल, गायिका रेखा जोशी, कार्टुन्ज क्रुलगायतको उपस्थिति थियो । रेसमा एक हजार किलोभन्दा बढी फोहोर संकलन गरिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया