रे टेलिभिजन एचडीको औपचारिक प्रसारण सुरु
काठमाडौं । रे टेलिभिजन एचडीको औपचारिक प्रसारण सुरु भएको छ । रे मिडिया ग्रुपअन्तर्गत सञ्चालित उक्त टेलिभिजनको औपचारिक प्रसारण आइतबारदेखि सुरु भएको हो । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले एक समारोहबीच टेलिभिजनको औपचारिक शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा सभामुख सापकोटाले आधुनिक विज्ञानमा टेलिभिजनको आविष्कार नवीनतम भएको बताउँदै टेलिभिजनले अनुभूतिको गहिरो तीव्रता पैदा गर्ने जानकारी दिए । सापकोटाले सञ्चारक्षेत्र अत्यन्त महत्वपूर्ण र सम्वेदनशील भएकोले यसलार्ई ठीक ढंगले संयोजन गर्न सकियो भने ठूलो भौतिक शक्ति पैदा हुने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रे टेलिभिजन छोटो अवधिमै प्रभावकारी एवम् सशक्त ढंगले गाउँ–गाउँमा बस्ने दाजुभाइ दिदीबहिनीको आत्माको आवाज बन्ने बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले धेरै मिडियामा श्रमजीवी ऐन कार्यान्वयनमा समस्या देखिएको बताउँदै त्यस्तो समस्या यस टेलिभिजनमा नआउने विश्वास व्यक्त गरे । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगा बहादुर हमालले रे टेलिभिजन नेपालका धेरै टेलिभिजनहरुको भीडमा नयाँ जोस, नयाँ उमंग, र नयाँ आशाको किरण लिएर आएको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले रे टेलिभिजन मजदुर वर्गको पक्षमा आवाज उठाउने टेलिभिजन बन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
रे मिडिया ग्रुपका अध्यक्ष प्रकाशबाबु पौडेलले मिडिया क्षेत्रमा रे टेलिभिजन प्रतिस्पर्धीभन्दा पनि सहयात्रीको रुपमा आएकोले सहयात्री बन्नुपर्ने बताए । साथै पौडेलले रे टेलिभिजनबाट प्रसारण गरिने कुनै पनि समाचार र कार्यक्रम कुनै जातजाति, धर्म, समुदाय, वादबाट टाढा रहेर निष्पक्ष भएर सन्तुलित रुपमा प्रसारण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमा नेपाल विज्ञापन संघका अध्यक्ष तथा मिडिया हवका प्रबन्ध निर्देशक सोम धिताल, वेलकम एड ग्रुपका अध्यक्ष तथा आनका पूर्वअध्यक्ष निर्मलराज पौडेल, चाईना मिडिया गु्रपका नेपाल प्रतिनिधि चाङ युवेलगायतले शुभकामना दिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया