Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो भी२३ईको मूल्य घट्यो

भिभो भी२३ईको मूल्य घट्यो


काठमाडौँ । स्मार्टफोन ब्राण्ड भिभोले भिभो भी२३ई को मूल्य घटाएको घोषणा गरेको छ । यो भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोनमध्ये एक हो । भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिक रूपमा ४१ हजार नौ सय ९९ रुपैयाँ र ८+२५६ जीबी संस्करण ४६ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छन् । यी दुवै संस्करणमा तीन हजार रुपैयाँले मूल्य घटेको छ । नयाँ मूल्य मे १ देखि नै देशभरका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू भएको कम्पनीले जनाएको छ ।

भिभो नेपालका सीईओ माइकलले प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्न कम्पनी लागिपरेको बताए । यो मूल्य घटेको घोषणासँगै कम्पनीले नेपालको ग्राहकहरूका लागि आफ्नो प्रतिबद्धता पूरा गर्न सक्षम हुने आशा गरेको बताए । भी२३ई उद्योगको अग्रणी फ्रन्ट क्यामेरा र नवीन प्रविधिहरूको साथ डिजाइन गरिएको छ । हालै बजारमा सार्वजनिक गरिएको भी२३ई मा ५०एमपी अटोफोकस सेल्फी पोट्र्रेट छ ।

यो स्मार्टफोनमा नवीन प्रविधि, अटोफोकस र एआई एक्सट्रिम नाइट पोट्र्रेट, मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न पोट्र्रेट मोडहरु रहेका छन् । भी२३ई को रियर क्यामेरामा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ । सुपर नाइट मोडको साथ क्यामेराले कम प्रकाश अवस्थाहरूमा एआई मल्टिपल फ्रेमहरूको मद्दतले ब्राइटनेस र अँध्यारोलाई सन्तुलनमा राख्दै उत्कृष्ट प्रदर्शन गर्दछ ।

भी२३ई ८जीबी ¥याम र १२८जीबी वा २५६जीबी रोममा उपलब्ध छ । प्रयोगकर्ताले विस्तारित ¥याम २.० को सहायताले १२जीबी बराबरको अनुभव प्राप्त गर्न ८जीबी ¥यामलाई विस्तार गर्न सकिन्छ । यसबाहेक, यस स्मार्टफोन ४०५०एमएएच ब्याट्रीद्वारा सञ्चालित छ, जसमा ४४ वाट फ्ल्यासचार्ज छ ।

भिभो भी२३ईमा फनटच ओएस १२ रहेको छ । यसमार्फत प्रयोगकर्ताहरूले होम स्क्रिनलाई पूर्णरुपमा कस्टुमाइज्ड गर्न सक्छन् । ७.४१एमएम अल्ट्रा स्लिम फ्लोराइट एजी ग्लास डिजाइनले भी२३ई लाई आकर्षक लुक र उत्कृष्ट अनुभव प्रदान गर्दछ । स्मार्टफोनको रंग फ्ल्याट फ्रेम डिजाइन, मुनलाइट स्याडो र सनसाइन कोस्ट रङका आधारमा छनोट गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x