दोलखामा लगानी सम्मेलन हुने
सुबास बस्नेत
दोलखा, फागुन ४
दोलखामा पहिलोपटक लगानी सम्मेलन गरिने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको विकासको लागि ठूलो लगानी भित्र्याउने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । काठमाडौँदेखि नजिकको जिल्ला भए पनि बहुराष्ट्रिय कम्पनी र लगानीकर्ताको नजर नपुगेको कारण सम्मेलन गर्न लागिएको संघका महासचिव हेमराज रिमालले बताए । रिमालका अनुसार सम्मेलनमा दोलखाका नौ स्थानीय तहहरु सम्भावित योजनाहरु छनोटमा परेका छन् । संघको आयोजनामा फागुन २१ देखि ३० गतेसम्म हुनलागेको दोलखा महोत्सवको अवसरमा सोही समय लगानी सम्मेलन पनि गरिने रिमालले बताए ।
जलविद्युत्, जडीबुटी उद्योग, पर्यटकीय क्षेत्रमा लगानी, खानी उत्खननलगायत विभिन्न विषयमा लगानी गर्न लगानीकर्तासमक्ष छलफल तथा प्रस्ताव गरिने संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए । उनका अनुसार लगानी सम्मेलन र महोत्सवका लागि संघले नेपाल उद्योग वाणिज्य महासंघसहित देशका विभिन्न नगर तथा जिल्लाका उद्योग वाणिज्य संघमा पुगेर परामर्श गर्ने काम भइरहेको छ । लगानी सम्मेलनलाई उद्योगी तथा व्यवसायीहरुले चासो देखाएको संघले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया