साथीमार्टको सयौँ शाखा
काठमाडौँ । २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै ‘फास्टेस्ट ग्रोइङ रिटेल चेन’ साथीमार्टले नेपालको इतिहासमै पहिलोपटक सयौ आउटलेट सुरु गरेको छ । मंगलबारदेखि सुरु भएको उक्त आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् । कार्यक्रममा हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र विश्वसनीयता भएको कम्पनी भएकाले आफू जोडिएको बताए ।
ललितपुरको सानेपा खरीबोटमा सञ्चालनमा ल्याएको सयौँ आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गत’को को मोडल’ मा सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोख्रेलले बताए । आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्टलगायतका सामान उपलब्ध छन् ।
सानेपा आउटलेटमा घरैमा बसेर पनि सपिङ गर्न सकिन्छ । कम्पनीको आधिकारिक वेबसाइटमा गएर वा एप स्टोरमा उपलब्ध एपमार्फत आफूलाई चाहिएको सामान रोजी निःशुल्क डेलिभरी मगाउन सकिन्छ । साथीमार्टले आगामी आर्थिक वर्षमा अझ आक्रामक रुपमा आफ्नो व्यापार विस्तार गर्न ‘साथी पार्टनर्स’ कम्पनी समेत घोषणा गरेको छ । यो एक इन्भेस्टमेन्ट कम्पनी हो, जसले नयाँ फ्रेन्चाइज पार्टनरहरुको लगानीमा आफ्नो केही प्रतिशत स्वामित्व राख्दछ र पार्टनसहरु लाई अझ प्रोत्साहन गर्दछ ।
साथीमार्ट आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो । साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आईएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ । तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजनाअन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ । २०७८÷०७९ आर्थिक वर्षमा दुई सय करोड (दुई अर्ब) को टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०÷८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९÷८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पु¥याउने लक्ष्य राखेको छ ।
साथीमार्टका आउटलेट पूर्वमा झापादेखि पश्चिम कैलाली दार्चुलासम्म फैलिएका छन् । जिरी, सल्यान, अर्घाखाँचीलगायतका ग्रामीण भेगमा नेपालका प्रायः ठूला सम्पूर्ण सहरमा सय आउटलेटसहित फैलिएको छ । हाल स्टोर र कम्पनीमा चार सयभन्दा बढी व्यक्तिहरू रोजगार छन् भने अप्रत्यक्ष तीन हजारभन्दा बढी रोजगारी सृजना गरेको पोख्रेलको भनाइ छ ।
कम्पनीले विभिन्न खाद्यान्न वस्तुहरू चिया, कफी, दाल, चामल, घ्यू, पिठो, ड्राइफूड, अचार, साबुन, स्याम्पू, हेडवास जस्ता फूड र ननफूड गरी दुई सयभन्दा बढी वस्तु आफैं उत्पादन गर्ने चरणमा रहेको बताइएको छ । नेपालमा केही गर्छु भन्ने युवाको लागि साथीमार्टसँगको सहकार्य तथा लगानी सुनौलो अवसर भएको पोख्रेलको दाबी छ । विभिन्न रिटेल उत्पादन तथा ठूला ईकमर्स कम्पनीका दशौं वर्ष अनुभव भएका युवाहरूको टिम भएकोले लक्ष्य प्राप्ति सहज रहेको पोख्रेलले विश्वास व्यक्त गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया