रिलायन्स फाइनान्सको २१औँ शाखा अमरपथमा
काठमाडौँ । रिलायन्स फाइनान्सले आफ्नो २१औँ शाखा रूपन्देही जिल्ला बुटवल उपमहानगर पालिका वडा नं. ६ अमरपथमा खोलेको छ । फाइनान्सका अनुसार यही वैशाख १५ गते उक्त शाखाको औपचारिकरूपमा समुद्घाटन गरिएको हो ।
नेपाल राष्ट्र बंैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६÷८÷१० मा प्राप्त गरी मिति २०६६÷०८÷१८ बाट संस्थाको प्रधान कार्यालय प्रदर्शनी मार्गबाट आफ्नो कारोबार सुरु गर्दै आएको छ । फाइनान्सले कामनपा २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड काठमाडौं, सितापाइला काठमाडांै, इमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, कास्की, बेंशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा र मणिग्राम रूपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरिया, दमक, विर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ ।
संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई ई–बैंकिङ, एससीटी नेटवर्क एटीएम, विभिन्न रेमिटेन्स सेवाहरू, सी–आस्वा, कनेक्ट आईपीएस सेवा, इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी), एसएमएस बैंकिङ, एससीटी मोको (सजिलो–पे मेन्ट, सजिलो लाइफ एप्स, समेतको सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया