Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफागुन १० गतेदेखि प्रदेश २ मा प्रादेशिक खाद्य मेला

फागुन १० गतेदेखि प्रदेश २ मा प्रादेशिक खाद्य मेला


जनकपुरधाम, फागुन ४
प्रदेश २ को राजधानी जनकपुरधाममा फागुन १० गतेदेखि प्रादेशिक खाद्य मेला आयोजना हुने भएको छ । ‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने मूलनाराका साथ जनकपुरधाममा यो दोस्रो खाद्य मेला आयोजना हुनलागेको हो । शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना हुने सो खाद्य मेला फागुन १० गतेदेखि १२ गतेसम्म आयोजना हुने जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनालले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरद्वारा परम्परागत, स्थानीय, अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुलाई प्रवर्द्धन गर्दै खानेबानीमा सुधार गर्ने उद्देश्यका सो खाद्य मेला आयोजना गर्न लागिएको जानकारी दिए । विभिन्न समुदायको प्रचलनमा रहेका तथा विलुप्त हुँदै गएका खाद्य पदार्थ एवं तिनका पौष्टिक महत्वबारे जनचेतना अभिवृद्धि गर्न उद्देश्य समेत सो मेलाको रहेको उनले भने । मेलामा परम्परागत खाद्य पदार्थहरु एवं तिनका पौष्टिक महत्वबारे जानकारी दिन ६० स्टल रहनेछ ।

विभिन्न जातजातिसँग सम्बन्धित होटलहरु, खाद्य व्यवसायीहरु, खाद्य उद्यमका लागि मेसिनरी उपकरण तथा प्रशोधनमा प्रयोग हुने रसायनका सप्लार्यहरु, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल रहने जनाइएको छ । मेलामा मिथिला भोजनसहित स्थानीय उत्पादनका साथै पूर्वको इलामको चियादेखि पश्चिम जुम्लाको अर्गानिक कृषि उत्पादनसम्मलाई स्टलमा प्रमुखताका साथ सहभागी गराइने गरी २० हजार दर्शक भित्र्याउने लक्ष्य रहेको प्रमुख खनालले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x