संस्कृति इन्टरनेशनल स्कूलको ‘सिकाइ सुधार’ गोष्ठी
काठमाडौं । संस्कृति इन्टरनेशनल स्कूलले अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए) सँगको साझेदारीमा शैक्षिक गोष्ठी आयोजना गर्ने भएको छ । गोष्ठी ठमेलको अलफ्ट काठमाडौँ होटलमा आगामी शनिबार र आइतबार दुई दिन सञ्चालन गर्न लागिएको हो । यो गोष्ठी फिल्डवर्क एजुकेशन युकेद्वारा अक्टोबर २०२२ मा गरिने अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको एक हिस्सा हो ।
यस कार्यक्रमले किन्डरगार्टन, प्राथमिक र निम्न माध्यमिक तहको पाठ्यक्रमलाई समेट्छ । अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले शिक्षा क्षेत्रको गुणस्तरमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्नेबारे बुझ्न चाहने शिक्षक, प्रशासक, लगानीकर्ता र सम्बन्धित सबैको लागि यो गोष्ठी फलदायी हुनेछ । संस्कृति इन्टरनेशनल स्कूलकी निर्देशिका दिप्ती आचार्यले हालका वर्षहरूमा बेलायतको फिल्डवर्क एजुकेशनले प्रदान गरेको पाठ्यक्रम नेपालका विभिन्न विद्यालयहरूले अपनाएका बताइन् ।
यसका पाठ्यक्रमहरु विषयगत र रचनात्मक हुने उनको भनाइ छ । संस्कृति इन्टरनेशनल स्कूलका अध्यक्ष रञ्जित आचार्यले यस कार्यशालामा अन्तर्राष्ट्रिय पाठ्यक्रममा काम गरिरहेका शिक्षकहरूको अनुभव बाँड्दै विभिन्न कक्षागत अभ्यासहरू गरिने बताए । उनका अनुसार दुई दिनको अवधिमा सहभागी शिक्षकहरूले विभिन्न विद्यालयका शिक्षकहरूको साथसाथै अन्तर्राष्ट्रिय पाठ्यक्रम संघका सहकर्मीहरूसँग भेट्ने र शैक्षिक सुधार गर्ने विषयमा केन्द्रित छलफल र सहकार्यमा संलग्न हुने अवसर पाउनेछन् । अन्तर्राष्ट्रिय पाठ्यक्रमको कार्यान्वयनको प्रभावकारिताबारे इच्छुक सम्पूर्ण विद्यालयहरू यस गोष्ठीमा सहभागी हुन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया