चीनको स्मार्टफोन बजारमा भिभो शीर्ष स्थानमा
काठमाडौं । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो ।
यस त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यस स्थान हासिल गर्न सहयोग पु-याएको छ । स्मार्ट उपकरणहरू र इन्टेलिजेन्ट सेवाहरूमार्फत भिभोले बलियो गति कायम राखेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार २०२१ मा चीनको स्मार्टफोन बजारमा भिभोले २२ प्रतिशतको बजार हिस्सा ओगटेको थियो । विश्वव्यापी विस्तारको साथ, हालसम्म, भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ । साथै विश्वभरका चार सय मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले मन पराएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया