Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअनलाइनबाट टिकट बुकिङ गर्नेलाई सुनको असर्फी

अनलाइनबाट टिकट बुकिङ गर्नेलाई सुनको असर्फी


काठमाडौं । वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै बस सेवाले विशेष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत बस सेवा डटकममार्फत अनलाइन टिकट बुकिङ गर्र्नेे यात्रुले सुनको असर्फी जित्न सक्नेछन् ।

वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत अनलाइन बस टिकट बुकिङ गर्ने यात्रुमध्ये तीन जनालाई गोलाप्रथामार्फत सुनको असर्फी प्रदान गरिनेछ । यस्तै सोही अवधिमा बस टिकट काट्ने मध्ये २० जनाले क्यूएफ एक्स टिकट प्राप्त गर्नेछन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट प्राप्त गर्नेछन् । विजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गरिनेछ ।

स्थानीयतहको निर्वाचनमा उत्साहजनक सहभागिता होस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उद्देश्यले यस्तो अफर सञ्चालन गरिएको बससेवाका प्रमुख कार्यकारी पिआर खनालले बताए । उनले भने, ‘निर्वाचनमा धेरैभन्दा धेरै मत खसोस् भन्ने सरकार र राजनीतिक दलको चाहना हुन्छ, यो समयमा धेरै मतदाता गाउँ फर्किनुहुन्छ, उहाँहरुलाई मतदान गर्न जाँदा बस टिकट नपाएर समस्या नपरोस् भन्ने उद्देश्यले यस किसिमको योजना ल्याइएको हो ।’

पछिल्ला दिनमा गाउँ फर्किने यात्रुको संख्या बढ्न थालेकोले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बससेवाले समयमै आफ्नो बस टिकट बुकिङ गर्न समेत सबै यात्रुलाई अनुरोध गरेको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बस सेवाले नेपालभरका एसी, डिलक्स, हाइसलगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । यात्रुहरूले बससेवा डटकम, बस सेवाको मोबाइल एप्लिकेसन तथा इ–सेवा, फोनपे, खल्ती, प्रभुपेलगायत नजिकै रहेका साइबर, कम्युनिकेसन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सकिनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x