मे महिनामा ओप्पो ए–७६ को विशेष अफर
काठमाडौं । ओप्पोेको ए–सिरीजमा पछिल्लो समय ‘ओप्पोे ए–७६’ नेपाली बजारमा उपलब्ध गराएको थियो ।
ओप्पोे ए–७६ मा ६.५६ इन्चको पन्च–होल स्क्रिनलाई परिष्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ उपलब्ध छ । प्रयोगकर्ताहरुलाई उत्पादनमुलक रहन तथा विना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङसहितको पाँच हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।
ओप्पोे ए–७६ मा १.१२ माइक्रो र एफ २.० एपर्चरसहितको आठ एमपी फ्रन्ट क्यामेरा राखिएको छ । यसमार्फत उच्च रिजोल्युसनसम्मको पोट्र्रेट सटहरु लिन सकिन्छ । यो फोनमा ए–आई नेचुरल रिटचिङ ब्युटिफिकेसन प्रविधि परिष्कृत गरिएको छ, यसले प्रयोगकर्ताको प्राकृतिक अनुहारका बनावटलाई सुरक्षित राख्दै फ्रन्ट क्यामेराको लागि दाग हटाउने सुविधा समावेश गरिएको छ । यसमा भएको ३६० डिग्री फिल लाइटको सहायताले मधुरो वातावरणमा पोर्ट्रेट शटहरु अझ उज्यालो र स्पष्ट लिन सकिन्छ र यसमा ब्युटी ईफेक्ट्स फोनको माथिल्लो भागमा सुपरइम्पोज गरिएको छ ।
यसबाहेक, यो स्मार्टफोन ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट डिस्प्लेका साथ परिष्कृत गरिएको छ, जसले भिडियो हेर्न र गेम खेल्दा आनन्दको अनुभव दिन्छ । फिंगरप्रिन्ट सेन्सर फोनको छेउमा राखिएको छ, पातलो फिंगरप्रिन्ट सेन्सर र छेउमा बटनहरु भएकोले फोन हल्का, पातलो र थप सहज अनुभवसहित अझ परिष्कृत पनि देखिन्छ । ओप्पोे ए–७६ नेपाली बजारको मूल्य २९ हजार नौ सय ९० रुपैयाँ छ ।
मे महिनामा ओप्पोको विशेष अफरमार्फत ओप्पो ए–७६ किन्दा अन्य तीन उत्पादनहरुमा दुई हजार रुपैयाँको छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया