एनआईसी एसिया क्यापिटलले ल्यायो पीएमएसमा ‘९९ प्रतिशत प्रोफिट योजना’
काठमाडौं । एनआईसी एसिया क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत पहिलो पटक ‘९९ प्रतिशत प्रोफिट योजना’ सार्वजनिक गरेको छ। क्यापिटलएले ‘हजुरहरुको लगानी व्यवस्थापन एन आई सी एसिया क्यापिटलको साथमा, प्रोफिटको ९९ प्रतिशत हजुरको हातमा’ भन्ने अभियानसहित यो योजना सार्वजनिक गरेको हो ।
सेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु तथा विदेशमा बसोबास गर्ने नेपालीहरुलाई सेयरबजारमा भित्राई समग्र सेयरबजारको विकास, विस्तार गर्न महत्वपूर्ण सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ लगानी व्यवस्थापन सेवाअन्तर्गत सीमित अवधिको लागि ‘९९ प्रतिशत प्रोफिट योजना’ सञ्चालन गरेको जनाएको छ । उक्त योजनाअन्तर्गत क्यापिटलले सेवाग्राहीहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा उपलब्ध गराउनुको साथै लगानी गरिएको रकमबाट प्राप्त मुनाफामा मात्र एक प्रतिशत पर्फरमेन्स फि लिने क्यापिटलले उल्लेख गरेको छ ।
९९ प्रोफिट योजनाअन्तर्गतको सेवाले सेयरबजार सम्बन्धी ज्ञान नभएका नयाँ लगानीकर्ताहरु, लहैलहैमा सेयर बजारमा प्रवेश गरी राम्रो सँग आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न नसकिरहेका लगानीकर्ताहरु, सेयरबजारसम्बन्धी ज्ञान तथा बजारबाट प्राप्त गर्ने अवसरबारे राम्रो जानकारी हुँदाहुँदै पनि समय अभावको कारणले गर्दा लगानी गर्न नसकिरहेका व्यक्ति तथा संस्थाहरुले लाभ लिनसक्ने क्यापिटलको विश्वास छ ।
साथै, उक्त सेवा लिने सेवाग्राहीहरुलाई सेयरबजारसम्बन्धी राम्रो ज्ञान, दक्ष तथा अनुभवी कर्मचारीहरुको समूहबाट सूक्ष्मरुपमा बजारको अध्ययन गरी लगानी गर्नेसम्बन्धी निर्णय गरिने क्यापिटलले जनाएको छ । जसले गर्दा बजारमा आउने उतार चडावबाट सेवाग्राहीहरुले उचित लाभ लिन सक्ने क्यापिटलले उल्लेख गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया