Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमद्वारा स्थानीय तह निर्वाचन ‘अफर’ सार्वजनिक

टेलिकमद्वारा स्थानीय तह निर्वाचन ‘अफर’ सार्वजनिक


काठमाडौं । आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन ‘अफर’ उपलब्ध गराउने भएको छ ।

टेलिकमले ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने अफर उपलब्ध गराउने भएको हो । यो अफर आगामी वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउनेछ । तीन दिनसम्म सबै नेटवर्कमा दुई सय मिनेट कुराकानी गर्न सकिने दुई सय मिनेट भ्वाइस प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध हुनेछ । तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने तीन सयवटा एसएमएससहितको तीन सय एसएमएस प्याक पनि ९८ रुपैयाँमा उपलब्ध गराउने टेलिकमले बताएको छ ।

त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने छ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ । उक्त सुविधा आगामी वैशाख २५ देखि जेठ ४ गतेसम्म आफ्नो मोबाइलबाट स्टार१४१५ स्टार११ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x