स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी हुन महासंघको आग्रह
काठमाडौं । देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले आसन्न स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी हुन आग्रह गरेको छ ।
महासंघका अध्यक्ष रवि सिंहले आइतबार अपील जारी गर्दै स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी भई निर्वाचन सफल बनाउन आग्रह गरेका हुन् । ‘मुलुक संघीय संरचनामा गए सँगै संघीय, प्रदेश र स्थानीय तहको आवधिक निर्वाचनले नै मुलुकमा विद्यमान संघीय लोकतन्त्रिक व्यवस्थालाई अझ मजबुत र संस्थागत बनाउने निश्चित’ महासंघले जारी गरेको अपिलमा भनिएको छ ।
आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको र स्थानीय सरकारको कामकारबाहीबाट नै आमजनताले राज्यको सार्थक उपस्थिति महसुस गर्ने तथ्य विगतको पाँच वर्षको अभ्यासबाट पुष्टि भइसकेको अपिलमा उल्लेख छ । वैशाख ३० गते शुक्रबार देशभरका सात सय ५३ वटै स्थानीय निकायहरुमा एक साथ हुने मतदानमा आफ्ना सबै प्रदेश महासंघहरु, जिल्ला संघहरु, एसोसिएट र वस्तुगत संघ सदस्यहरुलाई सक्रिय रुपमा सहभागी हुन महासंघले अपिल गरेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया