Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपेन्ट्स उद्योगको भन्सार दर ५ प्रतिशतमा झार्न माग

पेन्ट्स उद्योगको भन्सार दर ५ प्रतिशतमा झार्न माग


काठमाडौं । पेन्ट्स उद्योगहरुले पेन्ट्स बनाउन प्रयोग हुने कच्चापदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सार दर ५ प्रतिशतमा झार्न माग गरेका छन् । पेन्ट्स उद्योग संघले गत बिहीबार पत्रकार सम्मेलन गरी तयारी वस्तु र कच्चा पदार्थको मूल्य एउटै भएको भन्दै पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सार दर पाँच प्रतिशतमा झार्न माग गरेको हो ।

नेपाल पेन्ट्स उद्योग संघका अध्यक्ष विश्वप्रकाश साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर भइसकेको भए पनि कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कले उद्योग सञ्चालनमा समेत समस्या भएको बताए । उनले सरकारले भन्सार शुल्क ३० प्रतिशत लगाउँदा बजारमा उपभोक्ताले मूल्यवृद्धिको मार खेप्नु परेको बताए । साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर हुँदै गएकाले विदेशबाट आउने तयारी पेन्ट्समा काउन्टर भेलिङ शुल्क लगाउन सुझाव दिए । उनले पेन्टसका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा तयारी उत्पादनकै वस्तुसरह भन्सार महशुल लाग्ने गरेको बताए ।

अध्यक्ष साःखले सरकारले ३० प्रतिशतसम्म भन्सार, सात प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा उद्योगीलाई बाँच्न अप्ठ्यारो परेको बताए । पेन्ट्स उद्योगीहरुले एक्रिलिक पोलिमरमा श्रीलंका, बंगलादेश, भारतजस्ता छिमेकी मुलुकमा १० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गरिएकोमा नेपालमा बढी रहेको बताएका छन् । पेन्ट उद्योगहरुले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११ मा आयात गर्ने गरेको हुँदा एचएसएन कोड सच्याउन समेत माग गरेको छ ।

नेपालमा पेन्ट्सको वार्षिक कारोबार २० अर्ब रुपैयाँ रहेको छ । हाल नेपालमा ५० भन्दा बढी पेन्ट्स उद्योग छन् । विदेशी लगानीसहितका तीनवटा छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x