Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलस्कर फुड्सको कर्पोरेट लन्च प्याकेज गरिमा बैंकले लिने

लस्कर फुड्सको कर्पोरेट लन्च प्याकेज गरिमा बैंकले लिने


काठमाडौं । गरिमा विकास बैंकले लस्कर फुड्सको कर्पोरेट लन्च प्याकेज लिने भएको छ । सम्झौताअनुसार अब लस्कर फुड्सको कोर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा पुग्नेछ ।

लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर÷कार्यालयमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । यहीअनुरुप गरिमा विकास बैंकले लस्कर फुडसको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिएको हो । काठमाडौं उपत्यकाका कार्यालय अफिसहरुलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।

लस्कर फुड्सले सुलभ रकम, समयमै हाइजेनिक खाजा खुवाउने लक्ष्य लिएको छ । लस्कर फुड्सको पहिलो कर्पोरेट लन्च प्याकेज गरिमा विकास बैंकले लिएको हो । लस्कर फुड्सले आकर्षक ’कर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुडसको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिन लस्कर फुडसको कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिने कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x