होण्डाको आकर्षक उपहार योजना
काठमाडौं । नेपालको लागि होण्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।
नेपालभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजनाअन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपनमार्फत एक लाख रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ भने योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूमध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरी सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्रमार्फत आकर्षक सामसङ ए फिप्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले नगद सात लाख रुपैयाँ नगद उपहार पाउनेछन् ।
स्याकार इन्भेष्टमेन्टमार्फत हुने एक प्रतिशत ईएमआई पेमेन्ट स्किमबाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । वैशाख २५ गतेदेखि सुरु भएको यो योजना जेठ १७ गतेसम्म नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।
नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया