धुलिखेलमा जीपीएक्स बाइकर्स नाइट आउट
काठमाडौं, फागुन ५
भ्यालेन्टाइन डेको अवसरमा धुलिखेलमा जीपीएक्स बाइकर्स नाइट आउट २०२० कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार र शनिबार सम्पन्न सो नाइट आउट कार्यक्रमको अवसरमा धुलिखेलको हिमालयन मोटरल्यान्डमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । मोटर स्पोर्ट्स नेपालको आयोजनामा सम्पन्न सो नाइट आउट चाहिं नर्थपोल होटलमा सम्पन्न भएको थियो ।
सो अवसरमा राइडरहरुका बीचमा विभिन्न अन्तरक्रिया गरिनुका साथै लाइभ म्युजिक, स्टन्ट शो र विभिन्न फन गेमहरु समेत आयोजना गरिएको थियो । बाइकर सुरज दा, कार्लोस दुलाल, राम सरदार लगायतले बाइक स्टन्ट शो गरेका थिए । साथै राइडरको मनोरञ्जनका लागि लाइभ म्युजिक र बार्बिक्युको पनि व्यवस्था गरिएको थियो । विविध खेल र गिफ्ट ह्याम्पर, डिस्काउन्ट भौचरलगायतले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । नाइट आउटमा सहभागीहरुले जीपीएक्स लिजेन्ड र रेजर २२० बाइक टेष्ट राइड गरेका थिए । सो बाइकको मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ छ । सहभागीहरुले सो बाइक किनेमा १० हजार देखि ३० हजार रुपैयाँ सम्म डिस्काउन्ट समेत उपलब्ध गराइने बताइएको छ ।
मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तन्डुकारले मोटरसाइकल राइडरसँग आत्मियता कायम राख्न नाइट आउटको आयोजना गरिएको बताए । ‘मोटरसाइकल राइडिङ युवाहरुको सोखले मात्र अघि बढेको छ । यस्ता कार्यक्रमले त्यस्ता सौखिन युवालाई जमघट गराउँछ ।’ कार्यक्रमका क्रममा प्रस्तुत गरिएका विचारहरु आगामी दिनमा मोटर स्पोर्ट्सलाई थप सभ्य र आममानिस माझ पु-याउन सहज हुने उनको भनाइ छ । नेपालका लागि जीपीएक्स मोटरसाइकलको आधिकारिक वितरक ओमेगा मोटोकर्प प्रालि नाइट आउट २०२० को मुख्य प्रायोजक रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया