आईएमई पेबाट हवाइ टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई सुनको सिक्का उपहार
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पेले हवाइ टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।
आईएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने दुई भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाइ टिकट काट्दा दैनिक एक भाग्यशाली विजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता एक भाग्यशाली विजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्नेछन् ।
उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन नै रोज्छन् । यस्ता यात्रुहरुले सहजताको निम्ति आईएमई पे एपजस्ता मोबाइल वालेट एपबाट घरमै बसी हवाइ टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाइ यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आईएमई पेले यस योजना सार्वजनिक गरेको हो ।
यस योजनालाई सञ्चालन गर्नका लागि कम्पनीले केही निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । यसअनुसार, आईएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन् । आईएमई पे एपबाट हवाइ टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक दिन एक भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछन् । आईएमई पे एपबाट हवाइ टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक हप्ता पाँच भाग्यशाली विजेताले एक चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन् ।
आईएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक १५ दिनमा एक भाग्यशाली विजेताले एक सुनको सिक्का बम्पर उपहारस्वरूप प्राप्त गर्नेछन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया