Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरोल्याण्ड–गार्रोस र ओप्पोले साझेदारीलाई निरन्तरता दिने

रोल्याण्ड–गार्रोस र ओप्पोले साझेदारीलाई निरन्तरता दिने


काठमाडौं । फ्रेन्च टेनिस फेडरेसन र ओप्पोले सन् २०१९ देखि रोल्याण्ड गार्रोसको प्रिमियम पार्टनरशिप सम्झौतालाई थप दुई संस्करण (२०२२ र २०२३) का प्रतियोगिताका लागि थप गरिएको घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय ब्राण्डसँगको यो साझेदारीले रोल्याण्ड गार्रोसको प्रभाव विश्वव्यापीस्तरमा पु¥याउने रणनीतिलाई थप बल मिलेको एफएफटीका अध्यक्ष, गिलिस मोरेटनले बताए । उनका अनुसार प्यारिसियन ग्राण्ड स्ल्याम र ओप्पोबीचको यो सहकार्य नवप्रवर्तन तथा प्रविधिमाथि केन्द्रित छ । रोल्याण्ड–गार्रोस र ओप्पो दुवै प्रयोगकर्तालाई इष्टतम अनुभव उपलब्ध गराउन आफुलाई निरन्तर परिष्कृत गरिरहने समान मूल्य, मान्यता र लक्ष्य बोकेका छन् । ओप्पोले भर्खरै आफ्नो नयाँ ब्रान्ड प्रस्ताव, ‘इन्स्पिरेसन अहेड’ सार्वजनिक गरेको छ । यो प्रस्ताव रोल्याण्ड–गार्रोसको नयाँ सिग्नेचर, ‘मूभ दि लाइन्स विथ स्टाइल’लाई प्रत्यक्षरुपमा थप सार्थकता र बल प्रदान गर्ने देखिन्छ ।

ओप्पोको ग्लोबल मार्केटिङ्गका अध्यक्ष, विलियम ल्यूले लगातार चौथो वर्षका लागि प्रिमियम पार्टनरका रुपमा ओप्पो, आफ्ना पृथक इमेजिङ्ग प्रविधिमार्पmत टेनिस कोर्टमा अवलोकन, दृष्य कैद गर्न र सहभागिता जनाउँदै नयाँ प्रेरणादायी कार्यहरु गर्न चाहने बताए ।

सन् २०२२ टुर्नामेन्टको फ्रेमवर्क मातहत (१६ मेदेखि ५ जुनसम्म) मा ओप्पोले स्टेडियम शो कोर्टको उत्साहजनक भिजिबिलिटीको सदुपयोग गर्दै ‘आरजी ⁄ ओप्पो फोटो ग्यालरी’, विशेषतः ओप्पोको नयाँ फ्ल्यागशिप उपकरण : फाइन्ड एक्स फाइभ प्रो मार्फत कैद गरिएका तस्विरको डिजिटल प्रदर्शणी सार्वजनिक गर्नेछ । यसले फाइन्ड एक्सफाइभ प्रोको अद्वितीय इमेजिङ क्षमता उजागर गर्नेछ । यी तस्विरहरु रोल्यान्ड गार्राेस प्रतिस्पर्धा प्रत्यक्ष अवलोकन गर्नका लागि स्टेडियममा आउने दर्शकहरुले पनि प्रत्यक्ष हेर्न पाऊन् भन्ने सोचका साथ टुर्नामेन्ट स्थलमा पनि प्रदर्शित गरिनेछ । यो वर्ष पनि ओप्पोले ‘शट अफ दि डे’ अर्थात्, हरेक दिनको बेष्ट शट वा -यालीको एक भिडियोका लागि सहकार्य गर्नेछ । यो भिडियो टुर्नामेन्टका विभिन्न डिजिटल प्ल्याटफर्महरुका माध्यमबाट पोष्ट गरिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x