Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेड्मी १० नेपाली बजारमा

रेड्मी १० नेपाली बजारमा


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबै भन्दा उत्कृष्ट उत्पादन भएको बताए । रेड्मीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र छ एनएम प्रोसेसरहरु रहेको छ । नयाँ रेड्मी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ । १.१३ एमएम मोटाइ र २०३ ग्राम वजन भएको यो फोनमा १७.०४ सीएम (६.७१ इन्च) डिस्प्ले रहेको छ ।

बजेटको आधारमा लोकप्रिय स्न्यापड्रागन ६८० चिपसेट कार्यसम्पादनमा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ । एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १३ सफ्टवेयर भएको रेड्मी १० मा छ जीबीसम्मको ¥याम र १२८ जीबी आन्तरिक स्टोरेज छ ।

कम्पनीका अनुसार रेड्मी १० मा कुल तीन सेन्सरहरू छन् । पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी शुटर र दुई एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि पाँच एमपी क्यामेरा समावेश गरिएको छ । यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३० एफपिएस मा १०८० पिक्सल भिडियो खिच्न सकिन्छ । डुअल–ब्यान्ड वाइफाइ र ब्लुटुथ ५.० समर्थन गर्ने, डाउन–फायरिङ स्पिकर र ३.५ एमएम हेडफोन ज्याकको साथ यस रेड्मी १० मा प्रयोगकर्ताहरूले ५१२ जीबीसम्मको माइक्रो एसडी कार्ड विस्तार गर्न सक्छन् ।

रेड्मी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीनमा उपलब्ध छ । नेपालमा रेड्मी १० ४/६४ जिवी संस्करणको मूल्य १८ हजार नौ सय ९९ रुपैयाँ छ । त्यस्तै, हाई–एन्ड ६/१२८ जीबी संस्करणको मूल्य २१ हजार नौ सय ९९ रुपैयाँ छ । रेड्मी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x