सर्वोच्चले रोक लगाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना
काठमाडौं । सर्वोच्च अदालतले निर्माण गर्न रोक लगाएको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले बजेटमा योजना राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागी आईतबार संसदमा प्रस्तुत गरेको बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अगाडी बढाउने उल्लेख गरेका छन् ।
उक्त विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उनले बताए । सर्वोच्च अदालतले बिहीबार उक्त विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको थियो । सर्वोच्चको बृहत पूर्ण इजलासले सरकारलाई नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएपनि सरकारले बजेटमामा उक्त विमानस्थललाई अगाडी बढाउने कार्यक्रम राखेको छ ।
यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई व्यवस्थित गर्न ट्याक्सी वे थप र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ भने हवाइ तथा यात्रु चापको विश्लेषणको आधारमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य अगाडि बढाइने बताइएको छ ।
यसैगरि धनगढी विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने, सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अघि बढाइने, नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरी सेवा प्रदायक र नियामकको रूपमा छुट्टाछुट्टै निकाय स्थापना गरिने बजेटमा उल्लेख छ ।
यस्तै डडेलधुरा, बाग्लुङ्गको बलेवा, दाङ, टरीगाउँ, टिकापुर, चौरजहारी लगायत विमानस्थलको स्तरोन्नति गरिने तथा उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिने बताइएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि हवाइ पूर्वाधार विकासका गर्न १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया