Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्युतीय सार्वजनिक सवारीसाधनको सडक कर घटाउनु स्वागतयोग्य : सुन्दर यातायात

विद्युतीय सार्वजनिक सवारीसाधनको सडक कर घटाउनु स्वागतयोग्य : सुन्दर यातायात


काठमाडौं । सुन्दर यातायात प्रालि ले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमार्फत विद्युतीय सार्वजनिक सवारीसाधनमा लाग्दै आएको सडक कर घटाउनु स्वागतयोग्य भएको जनाएको छ ।

सरकारले बजेटमार्फत विद्युतीय सार्वजनिक सवारीसाधन, ठूला किसिमका बसलगायत अन्य सार्वजनिक रुपमा सञ्चालन हुने सवारीसाधनको सडक कर पाँच प्रतिशतबाट घटाएर २ दशमलव ५ प्रतिशत कायम गरेको छ । सुन्दर यातायातले सडक कर खारेज गर्न माग गर्दै आइरहेको थियो ।

यस्तै विश्वव्यापी रुपमा विद्युतीय सवारीसाधनलाई सञ्चालनमा राहत सहुलियत अनुदान उपलब्ध गराइरहेको समयमा नेपालमा भने किलोवाटको हिसाबमा अन्तःशुल्क तथा करको दायरा बढाउनु न्यायोचित नभएको पनि कम्पनीले जनाएको छ । देशमा उत्पादित हुने विद्युत्बाट सञ्चालन हुने र उच्च मात्रामा इन्धनजन्य पदार्थ आयातलाई रोक्न सघाउँदै आएको विद्युतीय सवारीसाधनको आयातमा लगाइएको अन्तःशुल्क र करको दायरा घटाउन कम्पनीले माग समेत गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x