एनसेलको अनलिमिटेड डेटा र आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याक
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । यसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् ।
कम्पनीका अनुसार यी प्याकहरु बिहीबारबाट सञ्चालनमा आएका छन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित २९ देखि ४८ रुपैयाँ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् । एष्ट्रिक्स१७१२३ह्यास डायल गरी ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् । डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसीमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन् ।
एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकताअनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरुले कर सहित १२ रुपैयाँमा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रुपैयाँमा १०० मिनेट टक टाइम र १०० एसएमएस वा २९ रुपैयाँमा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । कम्पनीका अनुसार यी अल नेट प्याकहरु एष्ट्रिक्स१७१११८ह्यास डायल गरि सहजै लिन सकिन्छ ।
यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै इसेवा, खल्ती र आईएमई पेबाट पनि सुचारु गर्न सक्नेछन् । सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याकहरु ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया